एमालेद्वारा पार्टी छोड्नेलाई ‘पुरानो घर’ फर्किन अपिल

दुर्गा खनाल /काठमाडौ, चैत्र २६ – एमालेले विगतमा पार्टी छोडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई ‘पुरानो घर’मा फर्किन आग्रह गरेको छ । एमालेको पार्टी प्रवेस तथा एकिकरण सम्बन्धि कार्यादलले सोमबार बल्खुमा पत्रकार सम्मेलन गर्दै शान्ति, लोकतन्त्र र परिवर्तनका पक्षधर वामपन्थी समूहहरूलाई सार्थक वार्ताद्वारा सहकार्य, एकता र पार्टी एकीकरणको प्रक्रियामा सहभागी औपचारिक आह्वान गरेको हो ।

पछिल्लो समयमा एमालेबाट केन्द्रिय स्तरका नेताहरु नै पार्टी छोड्ने क्रम चलिरहेका बेला पुरानाालाई फर्काउन एमाले सार्वजनिक रुपमै आह्वान गरेको हो । संघयिताको बिषयलाई लिएर उपाध्यक्ष अशोक राई लगायतका नेताहरुले  गत साउनमा एमाले छोडेका थिए । दुई दिन अघि मात्र पोलिट ब्यूरो सदस्य रामचन्द्र झा  एमाले छोडी एमाओवादीमा प्रवेश गरेका थिए ।

एमालेले महासचिव इश्वर पोखरेलको संयोजकत्वमा कार्यदल बनाएको थियो । ‘आउनुहोस्, आफ्नै पुरानो घर नेकपा (एमाले) मा फर्कनुहोस् र पार्टीलाई बलियो बनाउँदै राष्ट्र, जनता र परिवर्तनको प्रवाहलाई सुनिश्चित बनाउन सक्रिय भूमिका खेल्नुहोस्’ कार्यदलको अपिलमा उल्लेख छ ।’ अन्य पार्टीमा आवद्धहरुलाई पनि  एमालेमा आवद्ध भएर शान्ति, लोकतन्त्र, सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियता सम्वद्र्धनको  अभिायानमा भूमिका खेल्न  एमाले आग्रह गरेको छ ।

‘आजसम्म कुनै दलस“ग आवद्ध नरहेका तर आफ्नो निष्ठा, विशेषज्ञता र भूमिकाद्वारा समाजमा सकारात्मक योगदान दिइरहनुभएका स्वतन्त्र व्यक्तित्वहरूलाई पनि समाज परिवर्तनका लागि सङ्गठित शक्ति र सामूहिक क्रियाशीलता आवश्यक छ भन्ने यथार्थ वोध गर्दै एमालेमा आवद्ध हुन हामी आह्वान गर्दछौं’ एमालेको अपिलमा उल्लेख छ । पार्टीमा प्रवेश गर्नेहरुलाई योग्यता अनुसारको जिम्मेवारी दिने प्रतिबद्घता एमाले जनाएको छ । cp.

कमेन्टहरु
Loading...