आईतबाट तमु धिं युकेको गोर्खा कपमा नेपालीको कुम्भमेला

पोखरा, १० जेठ/विभिन्न पेशा व्यावसायले नेपालबाट वेलायत पुगेका नेपालीहरुको विच भेटघाट गराउने उद्धेश्यले आयोजान हुने गोर्खा कपको तयारी पुरा भएको छ । २५ मे अर्थात आईतवार वेलायतको क्वीन एभिन्यु मिलिटरीमा आयोजना हुने ११ औं संस्करणको उक्त गोर्खा कप २०१३ को तयारी पुरा भएको तमु धि युके नेपाल प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले बताए ।

वेलायतमा रहेका नेपालीहरुको घेटघाट गराउने उद्धेश्यले उक्त कुम्भ मेलामा नाईन ए साईड फुटवल खेल हुने भएको छ । प्रतियोगितामा ४८ टिम र भेट्रान्सतर्फ १२ टीमको सहभागिता रहने भएको गुरुङले बताए । प्रथम हुनेले डेड लाख पुरस्कार पाउने छ भने प्रतियोगिता सम्पन्न गर्न ४० लाख लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट बचत रकम नेपालका विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको मेजर लक्ष्मी गुरुङले बताए । उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी तथा मनोरन्जनात्मक कार्यक्रमहरु समेत हुने भएको छ ।

कमेन्टहरु
Loading...