नयाँ बर्षको उपलक्ष्यमा उज्यालो अभियान

पोखरा,१ बैशाख / पोखरा लेखनाथ महानगरपालिका वडा नं.२१ स्थित पार्दीखोला युवा क्लवद्धारा नवबर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान तथा निशुल्क एलईडी चीम वितरण कार्यक्रमको आयोजना गरेकोछ । मुलुकले शुरु गरेको उज्यालो नेपाल अभियानमा सहयोग पु¥याउने उदेश्यले आयोजित कार्यक्रममा २५ हजार रुपैया बरावरका ९७ वटा एलईडी चिम निशुल्क वितरण गरिएको थियो ।

पोखरा विद्युत प्राधिकरणका इलोक्ट्रोनिक इन्जिनियर पवन पौडेलले स्थानीय जेष्ठनागरिक सुन्दर विकलाई एलईडी चिम हस्तान्तरण गरेर सो कार्यक्रमको उद्घाटन गर्दै बातावरण मैत्री,खर्च कम हुने एलईडी चिम प्रयोगमा जोड दिइनु पर्ने बताउनु भयो । गत सालको तिहारमा भैलो र देउसी खेलेर संकलन गरेको रकमले फेदीपाटन र पिपलडाली टोल विकास संस्था अन्तरगतका एक सय पाँच घरमा एक महिना भित्र पुरानोको सट्टा एलईडी चिम जडान गरिसकिने लक्ष्य रहेको क्लवका अध्यक्ष प्रताप पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्लवको सकृयतामा एक लाख ८० हजारको लागतमा पार्दीखोलास्थित दम्सादी झोलुङ्गे पुलको मुखदेखि मास्पाटनसम्मको लगभग दुई सय मिटर लम्वाईको मोटर बाटो समेत मर्मत गरि पुन संचालनमा आएकोछ । पोखरासंग जोडिएर पनि विकास निर्माणको तुलनामा ओझेलमा परेको सो स्थानमा क्लवले यस अघि निशुल्क स्वास्थ्य शिविर, खोप क्लिनिक लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको क्लवका सचिव टिकाराम पौडेलले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...