युवाका मुद्धामा सरकार उदासिन, एघार जना युवा सम्मानित

पोखरा, २७ असोज /देशका उर्जाशिल जनशतिmहरु युवाहरुको मुद्धामा सरकार उदासिन बन्ने गरेको पोखरामा आयोजना भएको एक कार्यक्रमका बतmाहरुले आरोप लगाएका छन् । परिवर्तनका लागि युवा नेपालको ८ औँ बार्षिक साधारणसभामा बोल्ने अधिकाँश युवाहरुले जोश र जाँगरले भरिएका युवाहरुको सवालमा राज्यले केहि सम्बोधन गर्न नसकेको गुनासो गरे ।

कार्यक्रममा आयोनका अध्यक्ष देवराज भारध्वाजले प्रत्येक युवाहरुमा केहि न केहि क्षमता लुकेको बताउदै अव सवै क्षमतालाई एकिकृत गरी युवाका मुद्धामा लागि पर्ने समय आएको बताए । उनले सरकारले युवालाई माछा हैन माछा मार्न सक्ने सिप प्रदान गर्न आवाश्यक रहेको बताए ।सन्चारकर्मी दिपेन्द्र श्रेष्ठले अरुलाई चेतना दिने युवा आफै कुहिरोको काग झै बनेको बताउदै सवैभन्दा पहिले युवाभित्रै रहेका कुसंस्कार र नकरात्मक विचार त्याग्नुपर्ने बताए । ईन्सेक क्षेत्रिय निर्देशक गणेश श्रेष्ठले भौतिक परिवर्तन नभई मानविय चेतनामा परिवर्तन गर्न युवा अग्रसर हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा परिवर्तनका लागि युवा नेपाललाई सहयोग गर्ने ११ जनालाई सम्मान गरेको छ । सम्मानित ब्यतिmत्वलाई सम्मानपत्रले आयोनका अध्यक्ष देवराज भारध्वाजले सम्मान गरेका थिए । परिवर्तनका लागि युवा नेपालका अध्यक्ष दिपेन्द्रबाबु आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचारिका समुह पश्चिमान्चलका संयोजक बसन्ती बाँस्तोाल, शान्तिका लागि नागरिक समाज सन्जालका कास्की संयोजक विष्णुप्रसाद बराल , एनआर एन प्रतिनिधि चित्रबहादुर कुँवर , नेशनल जिओग्राफिक २०११ का अवार्ड विजेता सानुवाबु सुनुवार, आयोनका केन्द्रिय सदस्य दुर्गा लामिछाने, कम्युनिटी सपोर्ट गु्रपका दिलिप गुरुङ, समाज कल्याणका लागि युवा नेपालका किसान सुनार लागयतले युवा शक्तिलाई सरकराले पहिचान गर्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...