नेपाल यु-१९ एलिटकप क्रिकेटको समूह बिजेता

२५ बैशाख, काठमाण्डौ । मलेसियामा जारी अन्डर १९ एसीसी एलिट कप क्रिकेटमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । मलेसियाको किन्रारा मैदानमा बुधवार भएको खेलमा घरेलु टोली मलेसियालाई हराउँदै नेपाल

समूह बीको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।acc-under-19

मलेसियाले दिएको ७० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको नेपालले २४ दशमलब ४ ओभरमा मात्र ३ विकेट गुमाएर भट्टायो । नेपालका लागि हरिशंकर शाहले नटआउट २८ रनको योगदान दिए । यस्तै बिभात्सु थापाले १७, अमित श्रेष्ठले १०, निश्चल पाण्डेले ७ तथा निर्मल थापाले ३ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २२ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६९ रन जोड्यो । मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि अभिनाश कर्णले सर्वाधिक ६ विकेट लिए । यस्तै कप्तान भुवन कार्कीले २, यज्ञमान कुमाल तथा सुसान्त भारीले समान एक-एक विकेट लिए । यसअघि नेपालले कुवेत, बहराईन र कतारलाई पनि पराजित गरेको थियो ।

 

कमेन्टहरु
Loading...