यु–१६ साफः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश

 

यु–१६ साफः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश
 
काठमाडौं, श्रावण १० । राजधानीमा जारी दोस्रो साफ यु–१६ फुटबल च्याम्पियनशीपको सेमिफाइनल समीकरण पूरा भएको छ । दोस्रो समूहको अन्तिम खेलमा आज भारतले बंगलादेशलाई २–० ले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
खेलमा भारतका लागि बेदासोर सिंह र कृष्ण पंडितले एक–एक गोल गरे । यो जीतसँगै भारत समूह बीको विजेता तथा बंगलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।
अब सेमिफाइनलमा समूह ‘ए’को विजेता नेपालले समूह ‘बी’को उपविजेता बंगलादेशको सामना गर्नेछ । नेपालले समूहको अन्तिम खेलमा साविक विजेता पाकिस्तानलाई ३–० ले हराउँदै ७ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा ठाउँ पक्का गरेको हो ।
नेपाल र बंगलादेशबीचको सेमिफाइनल शनिबार दशरथ रंगशालामा हुनेछ ।
त्यसैगरी दोस्रो सेमिफाइनलमा भारतले अफगानिस्तानको सामना गर्नेछ । अपराजित भारतले समूह चरणमा श्रीलंकालाई पनि हराएको थियो । ५ अंकका साथ अफगानिस्तान उपविजेता बन्दै सेमिफाईनलमा पुगेको हो ।
दोस्रो सेमिफाइनल खेल आइतबार हुनेछ । समूह ‘ए’बाट पाकिस्तान र भुटान तथा समूह ‘बी’बाट श्रीलंका समूह चरणबाटै बाहिरिएका छन् । cp.
कमेन्टहरु
Loading...