गोर्खामा टिभिएस शोरुम, समृद्धिको लागि उद्यमशिलताः डा भट्टराई

पोखरा, २७ साउन/ गोर्खाको हरमटारीमा टिभिएस व्राण्डको मोटरसाईकल तथा स्कुटरको नयाँ शोरुम खुलेको छ ।

टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले शनिवारवाट औपचारिक रुपमा आफ्नो ९ औँ शोरुम कर्ण ईन्टरप्राईजेज गोर्खाबजारवाट संचालनमा ल्याएको हो ।

शोरुमको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक डा.वावुराम भट्टराईले देशको समृद्धिको लागि उद्यमशिलता र स्वरोजगारमा जोड दिनुपर्ने भनाई राखे ।देशमा उद्यमशिलताको विकास भएमात्र देशले छिट्टो प्रगति गर्ने भनाई उनको छ ।

नेपाली विदेशी उत्पादनमा निर्भर रहनुपर्ने वाध्यता भएपनि गोर्खामा शोरुम खोल्नु खुशीको कुरा भएको भट्टराईको धारणा छ ।‘हामीकहाँ हाम्रै उत्पादन छैन । धेरै कुरामा हामी भारतमा निर्भर रहुनपर्ने वाध्यता छ।’भट्टराईले भने,‘वाहिरको उत्पादन भएपनि गोर्खामा ल्याएर शोरुम स्थापना गरेर व्यवसाय गर्नु गोर्खालीको लागि हितमा छ।’

सो अवसरमा भट्टराईले टिभिएसको नयाँ मोडल आरटीआर २०० भिटुको पनि विक्री शुभारम्भ गरे ।  कार्यक्रममा वतास व्रदर्श प्रालिका टिभिएस विभागका विक्री प्रवन्धक सन्तोष पोखरेल, कर्ण ईन्टरप्राईजेजका संचालक कर्ण गुरुङ, जगदम्वा मोटर्स प्रालिका रिजनल अफिसर मणीभुषण चौधरी लगायतले आफ्नो भनाई राखेका थिए ।

कमेन्टहरु
Loading...