कालिका पब्लिक कलेजमा तमु विद्यार्थी छोँज धिं गठन

पोखरा २७ मंसिर/कालिका पब्लिक क्याम्पस रामबजारमा राजन तमुको अध्यक्षतामा ७५ सदस्यिय नेपाल तमु विद्यार्थी छोँज धिं इकाइ समिति गठन भएको छ । समितिको जिल्ला कार्यसमितिको संगठन विस्तार गर्ने क्रममा मंगलबार कालिका पब्लिक कलेजमा इकाइ गठन गरेको हो । इकाइ समितिको उपध्यक्षमा इश्वरी तमु, सचिवमा मिलन तमु क, सहसचिवमा मिलन तमु ख, कोषध्यक्षमा विना तमु रहेका छन ।

यसैगरि समितिको सदस्यहरुमा अस्मिता तमु, बन्दना तमु, अञ्जु तमु, सुवास तमु, अस्मिता तमु, अमृता तमु, विपसा तमु, मेख तमु, हरि तमु, ममिता तमु, विदा तमु, पुनम तमु, खेम तमु, सभिना तमु, दिव्य तमु, कुसुम तमु ,नरेश तमु लगायत छन । इकाइ समितिको सल्लाहकारहरुमा एल्कर तमु र रिना तमु रहेका छन ।

जिल्ला सदस्य एल्कर तमुको अध्यक्षतामा सम्पन्न भेलामा कार्यक्रममा नेपाल तमु विद्यार्थी छोँज धिं केन्द्रिय महासचिव लाल बहादुर तमु, आदीवासी जनजाति विद्यार्थी महासंघ कास्कीका अध्यक्ष तथा पुर्व कोषध्यक्ष युवराज तमु, जिल्ला अध्यक्ष रिम तमु, सचिव रविन तमु, प्रचार सचिव भुपाल तमु लगायतले विद्यार्थीका हक अधिकारका बारेमा बोलेका थिए ।

कमेन्टहरु
Loading...