तुलसी गिरी र मरिचमान राजनीतिमा फर्कदै, ज्ञानेन्द्रको साथ कमल थापालाई

२२ वैशाख, काठमाण्डौं । राप्रपा नेपालमा समेटिन नसकेका पूर्वप्रधानमन्त्री तुलसी गिरी र मरिचमान सिंह छुट्टै पार्टी बनाएर राजनीतिमा सक्रिय हुन खोजेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सहानुभूति र सहयोग भने कमल थापाको राप्रपा नेपालप्रति नै छ ।

tulsi-marichman

गिरी र सिंहले राजनीतिमा सक्रिय हुन खोजेको सन्देश पूर्वराजा ज्ञानेन्द्र शाहलाई पठाइसकेका छन् । तर, छुट्टै पार्टी खोल्ने उनीहरुको तयारीप्रति पूर्वराजाको समर्थन नभएको स्रोतको भनाई छ । स्रोतका अनुसार गिरी र सिंहले छुट्टै पार्टी खोल्दा राप्रपा नेपालको प्रभाव कमजोर हुने ठहर पूर्वराजाको छ । उनले कम्तीमा आगामी चुनवासम्म राप्रपा नेपाललाई सहयोग गर्न उनीहरुलाई अनुरोध गरेको नयाँ पत्रिकामा खबर छ ।

सिंहलाई राप्रपा नेपाल भित्र्याउन एकपटक राप्रपा नेपालका अध्यक्ष थापाले वार्ता पनि गरेका थिए, तर थापाको नेतृत्व स्विकार्न सिंह तयार भएनन् ।

चुनावको तयारी सुरु भएपछि पूर्वप्रधानमन्त्री तथा शाहीकालीन सरकारका उपाध्यक्ष तुलसी गिरी करिब साढे दुई महिना अघि नेपाल फर्केका हुन् । गिरीले विचार मिल्ने साथिहरुसँग परामर्श र छलफल भइरहेको प्रतिक्रिया दिएका छन् । cp. onlinekhabar

कमेन्टहरु
Loading...