शनिवार तिम्रो कसम

पोखरा, ०६ असार/स्वच्छा फिल्मस्को तेश्रो प्रस्तुति गुरुङ्ग संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र तिम्रो कसम क्योँला कसमको आगामी शनिवार पोखरामा प्रदर्शन हुने भएको छ । मृगौला रोगबाट ग्रसित भइ आफन्तको सहयोगमा मृगौला प्रत्यारोपण गरी सफल जिवन जिउन सफल भएकी मञ्जु गुरुङ्गको जीवनीलाई मुख्य कथा बनाइ निर्माण गरिएको चलचित्र तिम्रो कसम कल्पना सिनेमा हलमा प्रदर्शन हुने आज आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा फिल्मका निर्माता बिरेन्द्र गहतराजले गुरुङ्गभाषा र संस्कृतिमा हुर्कदै आएकाले आफुले गुरुङ्ग फिल्म निमार्ण गरेको बताए । कसैको मायाले असहायमा परेका मानिसहरुले पुन जिवन पाउन सक्छन अर्थात कसैको मायाले मानिसको जिवनमा परिवर्तन ल्याउन सक्ने कथावस्तुलाई आधार बनाएर फिल्मको निर्माण गरेको उनको भनाइ थियो ।

गहतराज लगाएत फिल्ममा टिका गुरुङ्ग, मैतलाल गुरुङ्ग, अनिल गुरुङ्ग र नर्दिमा गुरुङ्ग निर्माता रहेका छन । करण गुरुङ्ग गोराले सहनिर्देशन तथा सम्पादन गरेका छन । त्यस्तै द्धन्द्ध निर्देशकमा भिम बिरेन्द्र सन्जु, नृत्य निर्देशनमा ओमन गुरुङ्ग र सुभाष राई, तमु फिल्म प्रोडक्सन प्रालिले सम्पादन र गित संगीत तथा निर्देशक खुस वहादुर गुरुङ्गको रहेको बताए ।

चलचित्रमा भीम गुरुङ्ग, ताराबहादुर गुरुङ्ग, अन्जना गुरुङ्ग, बीरेन्द्र गहतराज, मिनवहादुर पुन, सुस्मा गुरुङ्ग, टिकाराम घले, रत्ने गुरुङ्ग र मेन चन्द्र गुरुङ्ग लगाएतको अभिनय रहेको छ । चलचित्र १५ लाखको लागतमा निर्माण भएको निर्माताले जानकारी दिए । स्वेच्छा फिल्मस्ले यसअघि यो कस्तो जमाना र धोका फिल्म निर्माण गरिसकेको छ ।

कमेन्टहरु
Loading...