उप–प्राध्यापक तिमिल्सिनालाई मातृशोक

पोखरा, १७ भाद्र/उप–प्राध्यापक डा. यमनाथ तिमिल्सिनालाई मातृशोक परेको छ । डा. तिमिल्सिनाकी ८५ वर्षीया आमा मन्दरी तिमिल्सिनाको आफ्नै निवास सिमलचौरमा सोमबार निधन भएको पारिवारिक स्रोतले बताएको छ । उनको सोमबारै दाहसंस्कार गरिएको छ ।
छोरामध्ये यमनाथ तिमिल्सिना पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापक संघका सभापति हुन् भने भाई शिव तिमिल्सिना शिक्षक यूनियन कास्कीका उपाध्यक्ष छन् । स्वर्गीय मन्दरीका २ छोरा र २ छोरी छन् ।

कमेन्टहरु
Loading...