पहिलो मिस थकाली को अडिसन पोखरामा सम्पन्न

वैशाख, ७ पोखरा /ट्रेनर नेपालद्धारा आयोजित पहिलो मिस थकाली नेपाल २०१३ को दोश्रो अडिसन शुक्रवार पोखरामा सम्पन्न भएको छ । विगत ९ वर्षदेखि पोखरा क्विन ,मिस्टर एण्ड मिस पोखरा तथा मिस लेखनाथ जस्ता विविध कार्यक्रमको आयोजना गरिसकेको ट्रेनर नेपालले यसपटक थकाली जातिको भाषा र सस्कृतिंको सरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो मिस थकाली नेपाल २०१३ को आयोजना गरेको हो ।

पोखरामा सम्पन्न अडिसन पछि वैशाख ८ गते आइृतवार जोमसोममा र ९ गते सोमवार वेनीमा अडिसन गरिने ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङ्गले जानकारी दिए । जम्मा २५ जनालाई मात्र सहभागि गराईने फाईनल आगामी जेठ १८ गते पोखरा सभागृहमा गरिनेछ पोखरामा सम्पन्न आजको दोश्रो अडिसनवाट १८ जना पहिलो चरणको लागी छनौट भएका छन । अडिसनबाट छानिएका प्रतियोगीहरुलाई पोखरामा २० दिने वन्दसत्रमा विभिन्न विधाहरुमा ट्रेनिङ दिईनेछ ।

अडिसनको निर्णायक मण्डलमा ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङ्ग, नेपाल सौन्दर्य कर्मि युनीउनकी अध्यक्ष मिना गुरुङ्ग रहेका थिए । पहिलो मिस थकालीकोे प्रत्यक्ष प्रसारण पोखराबाट हिमालयन टेलीभिजनले गर्नेछ । पहिलो मिस थकाली नेपाल २०१३ हुन सफललाई नगद ५० हजार सहित अन्य थुप्रै अवसरहरु प्रदान गरिनेछ । पहिलो मिस थकाली नेपालको अफिसियल मिडियाहरुमा माछापुच्छ«े एफ एम,भिभासिटि म्यागेजीन,शुक्रवार साप्ताहिक, ठिकठाक डट कम र प्रर्वद्धकमा परिचय एडभरटाईजिङ्ग र हङकङ्ग ब्युटी कलेज रहेको छन् ।

कमेन्टहरु
Loading...