धरम र कुमारलाई टेनिस उपाधी

पोखरा, २३ भाद्र/तीज पर्वको अवसरमा गुरुङ्ग भिलेज टेनिस फ्यामिलि क्लवले आयोजना गरेको तीज फेष्टिबल मिक्स डवल्स टेनिस प्रतियोगिताको उपाधी धरमसिंह लामिछाने र कुमार गुरुङ्गको जोडिले जितेको छ । एन्फा कास्कीका उपाध्यक्ष समेत गरेको सो जोडिले आइतबार भएको फाइनल खेलमा हर्क गुरुङ्ग र लोक गुरुङ्गको जोडिलाई सोझो सेटमा पराजित गर्दै सो उपाधी आफ्नों नाम गराएको हो ।

यसअघि सेमिफाइनलमा धरमको जोडिले राजु गुरुङ्ग र नाtennisरायण पहारीको जोडिलाई तथा लोकको जोडिले मेसुकाका राजु गुरुङ्ग र धर्म कोइरालाको जोडिलाई पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका थिए ।

विजेता खेलाडीहरुलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल, ओम फ्यामिलि योगा आश्रमका सञ्चालक सुनिल श्रेष्ठ, फङ्कि साल्सा रेष्टुरेण्टका संस्थापक माया गुरुङ्ग लगायतले पुरस्कार प्रदान गरेका थिए । दुई दिन सम्म चलेको प्रतियोगितामा पोखराका ८ टिमले भाग लिएका थिए ।

कमेन्टहरु
Loading...