परिवर्तनशील क्लबको आयोजनामा ठुलाखेतमा तीज गीत प्रतियोगिता

पोखरा, १६ भाद्र/परिवर्तनशील क्लब ठुलाखेतका आयोजनामा भाद्र २३ गते तीज गीत प्रतियोगिता हुने भएको छ । भदौरे तामागी गावीस ५ मा रहेको क्लबको आयोजनमा सिद्ध वराह उच्च माविमा प्रतियोगिता हुने क्लबका अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।
संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना गर्न लागिको प्रतियोगितामा तीज गीत महिला हिंसा, कुरिती, कु संस्कार, भ्रष्टाचार, जैविक विविधता, प्राकृतिक वातावरण सम्बन्धी हुनु पर्ने अधिकारीले बताए । उनले साँस्कृति कार्यक्रम समेत गरिने बताए ।
प्रतियोगितामा प्रथम हुने समुहलाई ६ हजार, दोस्रोलाई ४ हजार, तेस्रोलाई २ हजार र उत्कृष्ट नृत्यलाई ५ सय रुपैया पुरस्कार दिने प्रतियोगिता संयोजक रमेश पराजुलीले जानकरी दिए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेको छ ।
 

कमेन्टहरु
Loading...