तनहुमा कांग्रेस उम्मेदवार मनोनयन, २ र ३ बाट पनि नाम सिफारिस

पवन पौडेल/भाद्र १६, दमौली । नाम सिफारिस गर्न बाँकी नेपाली कांग्रेसका दुवै क्षेत्रीय समितिले आईतबार पार्टी जिल्ला नेतृत्वलाई उम्मेदवारहरुको सूची पठाएका छन् । क्षेत्र नम्बर २ समितिले पार्टी जिल्ला नेतृत्वलाई पठाएको सूचीमा प्रत्यक्षतर्फ शनिबार मनोनयन दर्ता गराएकाहरु पार्टी उपसभापति रामचन्द्र पौडेल, जिल्ला सभापति ध्रुव वाग्ले, महासमिति सदस्य रामचन्द्र पोख्रेल र तरुण दलका केन्द्रिय सदस्य पुर्णबहादुर गुरुङ छन् । कुनै पनि आकांक्षीले नाम फिर्ता नलिएपछि समितिले सबैको नाम पठाएको हो । समानुपातिकतर्फ पनि शनिबार मनोनयन दर्ता गराएका कसैले पनि नाम फिर्ता नलिएपछि सबैको नाम सिफारिस भएको छ ।
यसरी सिफारिस हुनेमा
उर्मिला थापा, निलबहादुर थापा, मीरा जोशी, झुलबहादुर आले, डाक्टर जगदिशचन्द्र पोख्रेल, शशी आचार्य, यदुनाथ खनाल, यमबहादुर आले, बुद्धिकुमार बतास, डोबाटे विक, तमबहादुर दरै, केशबहादुर सुनार, सरिता गुरुङ्ग, सीता खनाल र मोतिकुमार श्रेष्ठ छन् । यसैगरी, पार्टीको क्षेत्र नम्बर ३ समितिले पनि आईतबारै पार्टी नेतृत्वलाई नाम सिफारिस गरेको छ । त्यहाँ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका कसैले पनि फिर्ता नलिएपनि समानुपातिकतर्फ २ जनाले नाम फिर्ता लिए ।
प्रत्यक्षतर्फ नाम लेखाएका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद गौतम, नेविसंघ पूर्व अध्यक्ष प्रदीप पौडेल, केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य जीतप्रकाश आले, तरुण दल पूर्व महासचिव पुष्पराज पराजुली, पार्टी उपसभापति ताराराज राना, क्षेत्रीय सभापति महेश्वर भट्टराई, बलबहादुर आले र विष्णु मल्लको नाम जिल्ला पठाईएको छ । समानुपातिकतर्फ रसमाया गुरुङ्ग र रामकृष्ण विकले नाम फिर्ता लिएपछि बाँकी नामहरु राधादेवी पौडेल, चित्रबहादुर गुरुङ्ग, प्रभात आले, श्यामबहादुर केसी, चन्द्रकला भट्टराई, किसान गुरुङ्ग, ध्रुबकुमार श्रेष्ठ, खेमराज अधिकारी, उमानसिंह गुरुङ्ग, माया राना, ईन्दिरा खनाल र शक्ति हिराचन जिल्लामा पठाईएको छ । यी सबै नामलाई भाद्र २० गतेभित्र जिल्ला कार्य समिति बैठकले रायसहित केन्द्रमा निर्णयका लागि पठाउने पार्टी प्रवक्ता हरिप्रसाद वाग्लेले बताए ।

कमेन्टहरु
Loading...