राष्ट्रिय भेटरान्स टेनिसमा पोखरेली खेलाडीहरुको राम्रो प्रदर्शन

पौष, १४ पोखरा/ पोखराको पस्र्याङ्गमा जारी ११ औ भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगितामा पोखरेली खेलाडीहरुले स्तरिय खेल प्रदर्शन गरेका छन् । पस्र्याङ्ग टेनिस क्लवद्धारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार ४५ वर्ष माथिको डबल्सम पोखरेली खेलाडी अनिल तुलाचन र राजु श्रेष्ठको जोडिले जित हाँसिल गर्दै फाइनलमा स्थान बनाएका छन् । उनीहरुले शोभियतमान श्रेष्ठ र दिनेश तुलाधरको जोडिलाई प्रतिस्प्रधात्मक खेलमा ६–१,४–६ र १०–४ ले पराजित गर्दै फाइनल पक्का गरेका हुन् ।त्यस्तै, अर्का पोखरेली खेलाडी अनुज बाँस्तोलाले पनि सेमिफाइनलमा स्थान बनाएका छन् । ३५ वर्ष माथिको एकलतर्फको इभेण्टमा बाँस्तोलाले तेन्जि शेर्पालाई ६–२,६–० ले पराजित गरे । ३५ वर्ष माथिकै एकल इभेण्टमा महेश श्रेष्ठले धरमसिंह लामिछानेलाई अत्यन्तै प्रतिस्प्रधात्मक खेलमा ३–६, ६–३ र १०–६ ले पराजित गर्दै समिफाइनलमा प्रवेश गरे । डिफेण्डीङ्ग च्याम्पियन श्रेष्ठले यसअघि लोक गुरुङ्गलाई ६–०,६–१ले पराजित गरेका थिए ।

त्यसैगरि शम्भु गुरुङ्गले नारायण पहारीलाई ६–१,६–१ पराजित गरे भने विनोद गुरुङ्गले अमृत कार्कीमाथी ६–०,३–६ र १०–१को कठिन नजिता निकाल्दै सेमिफाइनलमा स्थान बनाए । यसअघि अमृत
कार्कीले सूर्य शाहीलाई ६–३,६–४ ले पराजित गरेका थिए । ४५ वर्ष माथिको एकलतर्फ अनिल तुलाचनले करिन मुल्ला मुस्लिमलाई ६–२,६–२ को सोझो सेटमा पराजित गरेका थिए भने काठमाण्डौका शोभियतमान श्रेष्ठले काठमाण्डौकै राजु श्रेष्ठलाई ६–२,६–३ ले पराजित गरे ।

सोही इभेन्टको अर्को खेलमा पोखराका राजु श्रेष्ठले पदम गुरुङ्गमाथि ६–१,६–२ को नतिजा निकाले भने
प्रताप मोक्तानले शम्भु गुरुङ्गलाई ६–३,६–३ को सोझो सेटमा पाखा लगाए । ४५ वर्ष माथिको डवल्समा कर्मा घले र चन्द्र शाहि पोखरेली खेलाडी सुरेन्द्र माकाजु र राजु गुरुङ्गको जोडिमाथि हावि भए । उनीहरुले पोखरेली खेलाडीलाई ६–२,६–० ले पराजित गर्दै अन्तिम दुईमा आफ्नों स्थान पक्का गरे ।

कमेन्टहरु
Loading...