३० औं तेक्वान्दो दिवसमा प्रभातफेरी

पोखरा, १६ फागुन/नेपालमा तेक्वान्दो खेलको सुरुवात भएको दिनको सम्झना स्वरुप कास्की जिल्ला तेक्वान्दो सङ्घले आज पोखरामा प्रभात फेरीको आयोजना ग¥यो । वि.सं.२०३९ साल फागुन १६ गते नेपालका लागि तत्कालीन कोरियन प्रशिक्षक जेके सिनले नेपालमा तेक्वान्दो खेलको सुरुवात गरेका थिए । जेके सिनलाई नेपाली तेक्वान्दोका पिता भनेर चिनिन्छ । यसपछि नेपालमा प्रत्येक वर्षको फागुन १६ गते तेक्वान्दो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिँदै आएको कास्की जिल्ला सङ्घका सचिव प्रेमनारायण न्यौपानेले जानकारी दिए ।पोखराको चिप्लेढुड्डाबाट सुरु भएको प्रभातफेरी महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पोखरा रड्डशालामा पुगेर कार्यक्रममा परिणत भएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले नेपाललाई विश्वसामु चिनाउन तेक्वान्दोले विशेष भूमिका खेलेको भन्दै यसको सिको अन्य खेल सङ्घले पनि गर्नुपर्ने आवश्यकता औल्याए । सो अवसरमा १२ वटा तेक्वान्दो डोजाङ तथा स्कुललाई एक–एक थान किकप्याड प्रदान गरिएको थियो ।

नेपालका लागि कोरियनप्रशिक्षक यङ दलले कास्की जिल्ला तेक्वान्दो सङ्घलाई २० थान किकप्याड निःशुल्क प्रदान गरेका थिए। नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य हरिश्वर पोखरेलले खेलाडीहरूले अझ बढी मेहनत गर्नुपर्नेमा जोड दिँदै विश्वमा नेपाललाई चिनाउने एकमात्र खेल तेक्वान्दो भएको दाबी गरे । कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका सल्लाहकार रत्नमान गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रभातफेरीमा कास्की जिल्ला तेक्वान्दो सङ्घमा हाल सक्रिय १६ वटा डोजाङ तथा स्कुलका प्रशिक्षक, खेलाडी, सङ्घका पदाधिकारी, सल्लाहकारहरूको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...