सुदर्शन रञ्जितलाई अवार्ड

पोखरा, १२ असोज / पोखराका स्वतन्त्र फोटो पत्रकार सुर्दशन रञ्जितलाई यसवर्षको पर्यापर्यटन फोटो पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल फोटो पत्रकार समुहद्वारा राजधानीमा आयोजित फोटो मेलामा प्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार रञ्जितलाई पुरस्कार प्रदान गरेका हुन् ।

समुहले रञ्जित सहित पाँचजना फोटो पत्रकारलाई विभिन्न विधामा पुरस्कृत गरेको छ । यसवर्षको साहसिक फोटो पत्रकारिताको अवार्ड दिनेश श्रेष्ठ, खेलकुदतर्पm उदिप्त सिंहक्षेत्री, संस्कृति र सम्पदामा पदमसागर कक्षपति र मनोरञ्जनतफ राजभाई सुवाललाई अवार्ड प्रदान गरिएको हो ।

पोखरामा रहेर फोटो पत्रकारिता गर्दै आएका रञ्जितले फोटोको माध्यमबाट पोखराको पर्यापर्यटनमा विशेष योगदान दिएको भन्दै उनलाई पुरस्कृत गरिएको हो । रञ्जित विगत १७ वर्ष देखी स्वतन्त्र फोटो पत्रकारको रुपमा पोखरामा रहेर काम गर्दै आएका छन् । उनले सन् २००७ मा एशिया प्रसान्त स्तरिय ‘आईसिसि डेभलपिङ फोटो अफ दि इयर’ को अवार्ड समेत पाएका थिए ।

कमेन्टहरु
Loading...