स्वतन्त्र पत्रकार संघको गोरखा शाखा गठन

पोखरा, २५ भदौ /स्वतन्त्र पत्रकार संघ नेपालको गोरखा जिल्ला शाखा गठन भएको छ । संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा गोरखाबजारमा सोमबार भएको पत्रकारहरुको भेलाले संघको शाखा गठन गरेको हो।

शाखाको अध्यक्षमा विष्णु देवकोटा, उपाध्यक्षमा भीमलाल श्रेष्ठ, सचिवमा किरण लोहनी र कोषाध्यक्षमा नरेन्द्र ढकाल चयन भएका छन्। यसैगरी सदस्यमा प्रतिक्षा पोखरेल, कञ्चन आले, बिजय गोर्खाली र मधु गुरुङ रहेका छन्। साथै केन्द्रीय पार्षदमा कैलाशबाबु श्रेष्ठ, किशोरजड्ड थापा र कृष्ण आचार्य चयन भएका छन्।

भेलामा कास्की शाखाका केन्द्रीय पार्षद हिमनिथि लौडारी, जिल्ला सदस्य पदमराज उदासी र सदस्य रविना आले मगरले बधाई ज्ञापन गरेका थिए।
स्वतन्त्र पत्रकार संघ नेपालको तेस्रो जिल्ला शाखाको रुपमा गोरखा शाखा गठन भएको हो । यसअघि कास्की र तनहु शाखा गठन भईसकेको छ ।

कमेन्टहरु
Loading...