कुखुराको सुलीबाट बिजुली !

114

१ फागुन, चितवन । कुखुरा व्यवसायको हिसाबले राजधानी मानिने चितवनमा यसको सुली प्रयोग गरेर बायोग्यासमार्फत बिजुली निकालिने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यसको सफल परीक्षण गरिसकेकाले यहाँ काम सुरु गरिएको जानकारी दिएको छ ।

गएको वर्ष पूर्वी चितवनको चैनपुर गाविसअन्तर्गत ज्यामिरेमा प्राविधिकहरू कुखुराको सुलीको प्रयोगबाट बिजुली निकाल्न सफल भएका थिए । यो प्रयोग बाहिर विभिन्न देशमा प्रयोग भइरहेकाले नेपालमा पनि विद्युत् भार कटौतिको विकल्पको रुपमा परियोजना ल्याइएको केन्द्रका सहमहानिर्देशक समीर थापाले जानकारी दिनुभयो ।

खेर गएको सुलीबाट गरिएको परीक्षणले ५३ प्रतिशत इन्धन बचत गर्न सकिने विज्ञले बताएका छन् । यहाँको विभिन्न पोल्ट्रीर्फमले सात वर्षअघि नै सुलीको ग्यासबाट खाना पकाउने काम गरे पनि विद्युत् भने निकालिएको छैन । यसवर्ष भने वायोग्यास प्रयोग गरेर नै समुदायलाई विद्युत् प्रवाह गर्ने लक्ष्य रहेको थापाले बताउनुभयो । चितवनलगायत कम्तीमा देशका विभिन्न नौ स्थानमा परियोजना सञ्चालन गर्ने केन्द्रको लक्ष्य रहेको छ ।

नेपालमा हाल १५ हजारको हाराहारीमा कुखुरा फार्म छन् । चितवनमा मात्र ५४ वटा ठूला फार्म रहेको अनुसन्धानले देखाएको छ । यहाँबाट करिब १४ मेघावाट विद्युत् निकाल्न सकिने केन्द्रले जनाएको छ । अहिलेसम्म वायोग्यास प्रयोग गरिएकोमा अब भने ग्यासलाई विद्युत्मा रुपान्तरण गरी समुदायमा विद्युत् सेवा दिने लक्ष्य वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लिएको थापाले जानकारी दिनुभयो ।

एसियाली विकास बैंक र विश्व बैंकले यसमा लगानी गर्ने विषयमा सम्झौता भइसकेको । कसैले गर्न चाहेमा २५ प्रतिशत अनुदान दिइने भएको छ । कुखुरा फार्मलगायत, गाई फार्म, विभिन्न ठूला अस्पताल तथा विद्यालयमा पनि यो अभियान चलाइने केन्द्रले जनाएको छ । यस विषयमा अहिले देशभरी कार्यक्रम हुने स्थानको छनोट भइरहेको समेत केन्द्रले जनाएको छ । यसका लागि दुई करोड अमेरिकी डलर रकम छुटयाइएको छ । रासस cp.

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...