स्ववियु निर्वाचन स्थगित

काठमाडौ, जेष्ठ १६ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा जेठ २३ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । फर्जी भर्नाको विषयमा विद्यार्थी संगठनहरुबीच कुरा नमिलेपछि त्रिविले बिहीबार निर्वाचन नै स्थगित गरेको हो ।

देशभरका क्याम्पसहरुमा कतै तालाबन्दी तथा कतै बिरोध प्रदर्शन भएपछि आजदेखि सुरु हुने भनिएको निर्वाचन कार्यतालिका नै प्रभावित भएको थियो । निर्वाचन कार्यतालिकामा आजलाई उम्मेदवारी मनोनयनको समय तोकिएको थियो ।

विश्वविद्यालयका उपकुलपपति, रेक्टर, रजिस्टार तथा विद्यार्थी संगठनहरुबीच भएको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन रद्द भएको नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । छलफलमा नेविसंघ, अनेरास्ववियु तथा माओवादी र एमाओवादी निकट विद्यार्थी संगठनरुको सहभागिता रहेको थियो

– See more at: http://www.ekantipur.com/np/2070/2/16/full-story/369053.html#sthash.GzB8xZV0.dpuf

कमेन्टहरु
Loading...