पहिलो दिन नै सेयर बजारले आशाको किरण छाड्यो

२५ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारले गति लियो । नेपाल स्टक एक्स्चेञ्जमा कारोबार गर्ने सबै समूहको कारोबारमा आइतबार सुधार देखिएको छ । आइतबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनका सेयरधनीहरुले कमाउन सफल भएका छन् । यस कम्पनीको सेयर मूल्य १ सइ ६० रुपैयाँले बढेर २ हजार १ सय १० रुपैयाँमा कारोबार भएको छ ।

बुटवल पावर कम्पनीको सेयर १० रुपैयाँ बढेर ७stock सय ५० रुपैयाँमा कारोबार भयो । सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको सेयर मूल्य पनि १९ रुपैयाँ बढेर १ हजार ४ सय ३३ रुपैयाँमा कारोबार भएको छ । आइतबार एभरेष्ट बैंकको सेयर मूल्य पनि ९ रुपैयाँले बढेर १ हजार ५ सय ६३ रुपैयाँमा कारोबार भयो भने नबिल बैंक लिमिटेड प्रमोटर सेयर १५ रुपैयाँ बढेर १ हजार १ सय ५ रुपैयाँमा कारोबार भयो । गत बिहीबार ७ रुपैयाँ घटेको नेपाल टेलिकमको सेयर आइतबार ९ रुपैयाँ बढेर ५ सय ८० रुपैयाँमा कारोबार भएको छ । नेप्से परिसुचक धनात्मक बनाउन टेलिकमको मूख्य भूमिका रहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर १४ रुपैयाँ बढेर २ सय ९९ रुपैयाँमा कारोबार भएको छ भने सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १४ रुपैयाँ बढेर १ हजार १९ रुपैयाँमा कारोबार भएको छ । नेपाल स्टकमा कारोबार गर्ने अधिकांश कम्पनीहरुले आइतबार थोरै-धेरै कमाउन सफल भएका छन् । आइतबार लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीहरुले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २० रुपैयाँ घटेर एक हजार रुपैयाँमा कारोबार भएको छ । नबिल बैंक लिमिटेडको सेयर पनि १८ रुपैयाँ घटेर १ हजार ७ सय ९० रुपैयामा कारोबार भयो । नेश्नल लाइफ इन्स्योरेन्सको सेयर ११ रुपैयाँ घटेर ५ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

समुहगत कारोबारलाई हेर्ने हो भने आइतबार सबै समूहको कारोबारमा सुधार देखिएको छ । आईतबार बैंकिङ समूहको कारोबारमा शून्य दशमलव ९१ अंकले सुधार देखिएको छ भने होटेल समूहको कारोबारमा ९ दशमलव ७ अंकले सुधार देखिएको छ । त्यस्तै, विकास बैंक समूहको कारोबार शून्य दशमलव २८ अंक, हाइड्रो पावर समूहको कारोबार ६ दशमलव ५१ अंक, फाइनान्स समूहको कारोबार शून्य दशमलव ३२ अंक, इन्स्योरेन्स समूहको १६ दशमलव ५९ अंक, अन्य समूहको ३ दशमलव ५३ अंकले सुधार देखिएको छ । आइतबार नेपाल स्टकमा २ लाख ६५ हजार ८ सय २१ कित्ता सेयर ५ करोड ४३ लाख २५ हजार ८ सय ७८ रुपैयाँमा कारोबार भएको छ । कम्पनीहरुको कारोबारमा सुधार देखिएपछि आइतबार नेप्से दुई दशमलव ७४ अंकले बढेर परिसूचक ५१६ पुगेको छ ।

कमेन्टहरु
Loading...