कास्कीका ब्याडमिन्टन खेलाडी महेन्द्रनगर प्रस्थान

पोखरा, ३० मङ्सिर/ कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा कैलाली जिल्ला ब्याडमिन्टन सङ्घको सहआयोजनामा आइतबारदेखि महेन्द्रनगरमा सञ्चालन हुने यु–१९ र यु–१५ पुरुष तथा महिला जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन कास्कीका नौजना खेलाडी शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्।पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन महेन्द्रनगरतर्फ प्रस्थान गर्ने खेलाडीमा यु–१५ का राजा जिसी, प्रदीप अधिकारी, प्रनिशा गुरुङ, स्वेच्छा श्रेष्ठ, आश्मा राना, अन्तरा राना र सुजन हिताङ रहेका छन्।

यस्तै यु–१९ तर्फ सचिन गुरुङ र दर्शन गुरुङ रहेका छन्।टीम मेनेजरमा संजोग गुरुङ रहेका छन्।उनीहरूलाई कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष खेमबहादुर गुरुङले शनिबार पोखरा रड्डशालामा आयोजित कार्यक्रममा खादा लगाएर शुभकामनासहित बिदाइ गरेको सदस्य नीरबहादुर थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...