१३ औं प्याब्सन स्पोर्टस् मिट, छात्रा सटपुट र छात्र लङजम्प सम्पन्न, फिस्टेल र टप्स छात्रा भलिबलको फाइनलमा प्रवेश

पोखरा, २७ मङ्सिर/ प्याब्सन कास्कीको आयोजनामा पोखरामा सञ्चालित १३ औं प्याब्सन स्पोर्ट्स् मिटअन्तर्गत आज एक सय मिटर छात्रछात्रा दौड तथा छात्र हाइजम्प र छात्रा लङजम्पका फाइनल खेल सम्पन्न भएका छन् । एक सय मिटर छात्र दौडमा नेपाल आदर्श उमाविका कुमार गुरुङ प्रथम, बालोदय उमाविका विशाल कुँवर द्वितीय तथा सृजना उमाविका निकेश पुन तृतीय भएका छन् ।

छात्रातर्फको सोही इभेन्टमा टप्स उमाविका विमला चौधरी प्रथम, न्यू मिलिनियम एकेडेमीका सुस्मिता श्रेष्ठ द्वितीय तथा मेरीगोल्ड स्कुलका राखी शर्मा तृतीय भएका छन् । छात्र हाइजम्पतर्फ नेपाल आदर्श उमाविका कुमार गुरुङले कास्की जिल्लामा नयाँ रेकर्ड राख्न सफल भएका छन ्। उनले १.६४ मिटर जम्प गर्दै चार वर्षअघि टप्स उमाविका नवीन गुरुङको रेकर्डलाई ब्रेक गरेको एथलेटिक्स सङ्घ कास्कीका सचिव गजबहादुर गुरुङले जानकारी दिए । चार वर्षअघि नवीनले १.६० मिटर जम्प गर्दै नयाँ रेकर्ड कायम गरेका थिए । यस्तै मेरीगोल्डका कविन पुन द्वितीय भए भने रेन्बो एकेडेमीका सुजन राना तृतीय भएका छन् ।

छात्र लङजम्पतर्फ टप्स उमाविका विमला चौधरी प्रथम, न्यू मिलिनियम एकेडेमीका सुस्मिता श्रेष्ठ द्वितीय तथास्टेप बाई स्टेप उमाविका त्रिशला श्रेष्ठ तृतीय भएका छन् । बिहीबार दुई सय मिटर छात्रछात्रा, आठ सय मिटर छात्रछात्रा, ट्रिपल जम्पका फाइनल खेल हुनेछन् । रिले छात्रछात्राको सेमिफाइनल खेल हुने एथलेटिक्स संयोजक मोतीराम गुरुङले जानकारी दिए ।

छात्रा भलिबलतर्फ फिस्टेल र टप्स उमावि फाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा टप्स उमाविले हिलपोइण्ट हाइस्कुललाई पराजित ग¥यो भने दोस्रो सेमिफाइनल खेलमा फिस्टेल उमाविले अल्फा बोर्डिङलाई पराजित ग¥यो । तृतीय स्थानका लागि भएको खेलमा हिलपोइण्टले अल्फालाई ३–१ को सेटमा पराजित ग¥यो ।

छात्रातर्फ हिलसाइड बोर्डिङ, नीलगिरि बोर्डिङ, रिभरडेल स्कुल र हिलपोइण्ट हाइस्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा हिलसाइडले स्पाइरल ग्यालेक्सीलाई, दोस्रो खेलमा नीलगिरिले टप्स उमाविलाई, तेस्रो खेलमा हिलपोइण्टले भाष्कर मेमोरियललाई तथा चौथो खेलमा रिभरडेलले ज्योतिकुञ्ज उमाविलाई पराजित गरेका थिए।बिहीबार हिलसाइड र नीलगिरिबीच बिहान पहिलो तथा रिभरडेल र हिलपोइण्टबीच दोस्रो सेमिफाइनल खेल हुने भलिबल संयोजक कृष्णबहादुर गुरुङले जानकारी दिए ।

बुधबार हेमजामा भएको पहिलो खेलमा पोखरा एकेडेमीले हिमालयनलाई ५–२ ले पराजित गरे पनि हिमालयनले पोखरा एकेडेमीविरुद्ध प्रोटेस्ट हालेको छ।त्यसको नतिजा आइसकेको छैन। मड्डलबार भएको खेलमा भ्यूपोइण्ट एकेडेमीविरुद्ध शान्तिदीपले हालेको प्रोटेस्टउपचर छानबिन हुँदा भ्यूपोइण्ट दोषी पाइएपछि छानबिन समितिले शान्तिदीपलाई विजेता घोषणा गरेको थियो ।

कमेन्टहरु
Loading...