राष्ट्रपति रनिङ शिल्ड टप्सको कब्जामा

पोखरा, १२ फागुन/लगातार तेस्रो पटक  राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितामा प्रथम हुदै  पोखराको  टप्स उच्च माबिले शिल्डमाथि कब्जा जमाएको छ । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा संचालित पाँचौ राष्ट्रपति रनिङ् शिल्ड अन्तर विद्यालय कास्की जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा एथेलेटिक्स र भलिबलमा गरि कुल एक सय ६४ अंक बटुल्दै  रनिङ्ग शिल्डमाथि कब्जा जमाएको हो । रनिङ शिल्डसंगै नगद दश हजार, मेडल प्रमाणपत्र प्राप्त गयो । टप्सले पहिलो, तेस्रो चौथौ राष्ट्रपति रनिङग शिल्ड जितिसकेको थियो भने लगातार तेस्रो पटक पनि च्याम्पियन बन्दै शिल्ड आफनो पक्षमा पारेको हो ।

त्यस्तै प्रतियोतियोगितामा कुल एक सय ३२ अंक प्राप्त गदै दोस्रो भएको फिष्टेल उच्च माविले नगद सात हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रा्प्त गयो । एक सय १२ अंकका साथ सैनिक आवासिय उच्च मावि तेस्रो हुदै नगद ५ हजार, ट्रफिमा चित्त बुझायो ।

कमेन्टहरु
Loading...