नवौं एन–प्याब्सन स्पोर्टस् मिटी, नौवटा इभेन्टको फाइनल सम्पन्न

पोखरा,२२ मङ्सिर/ नेशनल प्याब्सन कास्कीको आयोजनामा पोखरामा सञ्चालित नवौं एन–प्याब्सन स्पोर्टस् मिटअन्तर्गत तेस्रो दिन नौवटा इभेन्टका फाइनल खेल सम्पन्न भएका छन् । सटपुट सिनियर छात्रातर्फको फाइनलमा सिद्धिविनायक बोर्डिङ स्कुलका शान्ति रानाभाट प्रथम, रत्नज्योति उमाविका अनुजा खड्का द्वितीय तथा कास्की मोडनाइज एकेडेमीका लिजा गुरुङ तृतीय भए ।

लङजम्प सिनियर छात्रतर्फको फाइनलमा सोसियल पब्लिक स्कुलका अविनाश राना प्रथम, कास्की मोडजाइज एकेडेमीका सञ्जय पुन द्वितीय र गोर्खा बोर्डिङ स्कुलका कुमार गुरुङ तृतीय भए । हाइजम्प जुनियर छात्रतर्फको फाइनलमा क्लिरेन्सका आधारमा कास्की मोडनाइजका अनिल चालिसे प्रथम, राइजिङस्टार एकेडेमीका विनोद विक द्वितीय तथा रत्नज्योति उमाविका नवराज सापकोटा तृतीय भए ।

हाइजम्प सिनियर छात्रतर्फको फाइनलमा १.६० मिटर जम्प हान्दै चिल्ड्रेन्स एकेडेमीका दिपेश गुरुङ प्रथम, हावर्ड एकेडेमीका केश गुरुङ द्वितीय र कास्की मोडनाइजका श्रवण नेपाली तृतीय भए । हाइजम्प सिनियर छात्रातर्फको फाइनलमा कास्की मोडनाइजका प्रतीक्षा गुरुङ प्रथम, मर्निङग्लोरीका मनिषा बराल द्वितीय तथा कान्तिपुर एकेडेमीका रेखा गुरुङ तृतीय भए ।

ज्याभ्लिन थ्रो सिनियर छात्रातर्फको फाइनलमा कास्की मोडनाइजका लिजा गुरुङ प्रथम, मर्निङग्लोरीका प्रमिला पुन द्वितीय र ज्ञानज्योति विद्याकुञ्जका मनिषा क्षेत्री तृतीय भए । आठ सय मिटर सिनियर छात्रतर्फको फाइनलमा साइनिङस्टार माविका यमन रसाइली प्रथम, चिल्ड्रेन्स एकेडेमीका अजित विक द्वितीय तथा सिद्धार्थ लवडेलका इन्द्र विक तृतीय भएको प्रचार–प्रसार संयोजक रामचन्द्र भण्डारीले जानकारी दिए ।

आजै भएको रिले छात्रछात्रा सिनियर र जुनियर, दुई सय मिटर छात्रछात्रा सिनियर र जुनियरका सेमिफाइनल खेल सम्पन्न भएका छन् । टेबलटेनिस खेलमा छात्रा सिड्डलतर्फको फाइनलमा साइनिङस्टार माविका अनोज कुँवर प्रथम, फेवा बोर्डिङ स्कुलका सन्तोष दास द्वितीय र रत्नज्योति उमाविका रजत बज्राचार्य तृतीय भए । छात्रातर्फको सिड्डल फाइनलमा गोर्खा बोर्डिङ स्कुलका सविता गौतम प्रथम, सिद्धार्थ लवडेलका रोशनी लामा द्वितीय तथा कास्की मोडनाइजका सीता विक तृतीय भएका छन ्।

कमेन्टहरु
Loading...