सबैको सहयोगले स्वरेकमा एम्बुलेन्स

पोखरा, ९ असार /रोजगारीको सिलसिलामा कतार पुगेको युवाहरुको सहयोगमा स्वरेक स्याङ्जामा एम्बुलेन्स सञ्चालन भएको छ ।  कतारमा रहेका स्वरेकी युवाहरुले नमुना स्वरेक सामाजिक कोष स्थापना गरी गाउँमा एम्बुलेन्स सञ्चालन गर्न प्रस्ताव गरेका थिए । उनीहरुको प्रस्तावलाई जन्मस्थल स्वरेक भई पोखरा कर्मथलो बनाएका पत्रकार घनश्याम पाण्डेको संयोजकत्वमा स्थापित नमुना स्वरेकी सहयोगी समाज संस्थाले पूर्ण रुप दिएको हो ।

एम्बुलेन्सको खरिद र दर्ता, इन्सुरेन्स सबै प्रक्रिया पुरा गर्दा कर छुट सहित झण्डै ११ लाख रुपैयाँमा एम्बुलेन्स सेवा सुरु भएको पत्रकार पाण्डेले बताए । उनले भने, ‘स्वरेक पर्यटकीय नगरी हो तर एउटा पनि एम्बुलेन्स नहँुदा गाह्रो भएको थियो ।’ विदेशमा बसेका युवाहरुले सहयोग गरेर नै एम्बुलेन्स सञ्चालन गर्ने सपना पुरा भएको उनले बताए ।

अभियानका संयोजक भेषराज पराजुलीले विदेशमा बसेकाहरुले दुःख गरेर कमाएको पैसा संलकन गरेर एम्बुलेन्स भिœयाउन सफल भएको बताए । उनले भने, ‘स्वदेशमा रहनुभएका मनकारीहरुको पनि साथ पाएका छौ ।’ अभियान असफल बनाउन थु्रपै प्रयास भए पनि आफुहरु सफल भएको उनले सुनाए । ‘हामी सफल हुनुमा संस्थाका संयोजक तथा पत्रकार पाण्डेको सक्रियता र निरन्तरताको हात छ ।’ उनले भने ।

समाज प्रति माया हुनेहरुले अभियानमा खुलेर साथ दिएका ले नै आफुहरु सफल भएको नमुना स्वरेक सामाजिक कोष कतारका अध्यक्ष महेन्द्र पाण्डेले बताए । उनले भने, ‘आपत्तकालिन अबस्थामा मात्रै एम्बुलेन्सको महत्व सवैले बुझ्छन् अहिले सवैले नबुझ्न पनि सक्छन् ।’  अभियानका सह–संयोजक जिवन पौडेलले ग¥यो भने असम्भव केही नभएको बताए । ‘हामी विदेशी भूमिमा छौ । गाउँमा विरामी हुदा अप्ठेरो नहोस् भनेर एम्बुलेन्स सञ्चालन गर्ने सोच बनायौं सवैको साथ रहयो हामी सफल भयौ ।’ उनले भने । भिरकोट नगरपालिका र वालिङ नगरपालिकाले आफ्नै नागरिक लाई सेवा दिने हो भनेर मन फुकाएर सहयोग गर्नु पर्ने माग राखे ।

एम्बुलेन्स सञ्चालनको लागि अक्षयकोष आबश्यक पर्ने भएकोले अहिले स्वरेकमा संस्थाको आजिवन सदस्यता बनाउने कार्य तिव्र पारीएको सस्थाका उपाध्यक्ष यमलाल शर्मा पंगेनीले बताए ।  अभियानमा सहयोगको प्रतिबद्घता दिने तर सहयोग नगर्दा समस्या भएको नमुना स्वरेक सामाजिक कोष कतारका निर्बतमान अध्यक्ष विष्णु पंगेनीले बताए ।

अभियानमा हाल सम्म कुल ११लाख ६५ हजार ३ सय ३ रुँपैया संकलन भएको र ११ लाख खर्च भएको सस्थाका सचिव इन्द्र प्रसाद पराजुली (नबराज)ले बताए । एम्बुलेन्स खरिद गर्न सवै भन्दा बढी पोखरा माउण्ट कैलाश रिसोर्ट प्राइभेट लिमिटेडका अध्यक्ष नरेश भट्टराईले रु. ५५ हजार सहयोग गरेको अभियान समितिले जनाएको छ । संस्थाले नेपाल सरकारबाट राजश्व छुट सहित सो संस्थाले टाटाको सुमो फोर ह्वील गाडी खरिद गरि सकेको छ ।

कमेन्टहरु
Loading...