सोमपाल र सन्दिप ग्लोबल टि-ट्वान्टीमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने र तिब्र गतिका बलर सोमपाल कामी क्यानडा ग्लोबल टि-ट्वान्टी खेल्ने भएका छन् । सन्दिपले गत संस्करण पनि ग्लोबल टि-ट्वान्टी खेलेका थिए भने सोमपाल पहिलो पटक बिदेशी लिग खेल्न लागेका हुन् ।

बिहिबार सम्पन्न ड्राफ्टमा सोमपाललाई बिनिपेग हक्सले तथा सन्दिपलाई टोरोन्टो नेशनलले आफ्नो टोलीमा समावेस गरेको हो । सन्दिपले ६० हजार डलर र सोमपालले तीन हजार डलर पारीश्रमिक पाउने छन् ।

ग्लोबल टि-ट्वान्टी क्यानाडामा आगामी जुलाई २५ देखि अगष्ट ११ सम्म चल्ने छ ।

कमेन्टहरु
Loading...