एसएलसीमा म्यासेन्जर र भाइबरबाट चिट

पोखरा, २२ चैत /प्रवेशीका परीक्षा (एसएलसी) मा मोबाइलको भाइबर र म्यासेन्जरबाट शिक्षक तथा अभिभावकले चिट चोराउने नयाँ तरिका अपनाइएका छन् ।
परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डले मोबाइलबाट प्रश्पत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहरि रहेका शिक्षक तथा अभिभावकलाई म्यासेज पठाई प्रश्नपत्र आउट गर्ने गरिएको पाइएको आजकको अन्नपूर्णमा समाचार छ ।

उक्त प्रश्नपत्रका आधारमा उत्तरसमेत तयार गरी पुन भाइबर वा म्यासेन्जरबाटै परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट पठाउने गरिएको पाइएको हो ।

सिन्धुलीका परीक्षा केन्द्रमा मोबाइलको म्यासेन्जर र भाइवरमार्फत चिट चोर्ने र चोराउने कार्य भएको भन्ने गुनासो आएपछि आइतबारबाट परीक्षा केन्द्रमा खटिने सवै सुरक्षा गार्ड, सहायक केन्द्राध्यक्षसहितका शिक्ष र विद्याथी तथा अन्य कर्मचारीलाई समेत मोबाइल प्रयोगमा निषेध गरिएको र केन्द्रभित्र स्विच अफ गरेर मोबाइल राख्न थालिएको छ ।

कमेन्टहरु
Loading...