एसएलसीको नतिजा सार्वजनिक, ग्रेड एमा १६ हजार उत्तिर्ण

पोखरा, २ असार/परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले एसएलसी परिक्षाको परिक्षफल आज प्रकाशित गरेको छ । परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।

प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३ दशमलव ६ भन्दा माथि देखी ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् ।

यस्तै, ३.२ भन्दा माथी देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उर्तिण भएका छन् । २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ४८ हजार ६ सय ११ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६३ हजार १ सय ८१ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा ९४ हजार ७ सय १६ र १.६ भन्दा माथी देखी २.४ जीपीएमा १ लाख ४ हजार २ सय ७८ जना पास भएका छन् ।

कमेन्टहरु
Loading...