२०७२ सालको एसएलसी परीक्षा (नियमित तथा एक्जेम्टेड) को समय तालिका सम्बन्धी सूचना

नेपाल सरकार, शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा लिइने २०७२ सालको एसएलसी परीक्षा (नियमित तथा एक्जेम्टेड) को समय तालिका सम्बन्धी सूचना|

२०७२  सालको एसएलसी परीक्षा देहायबमोजिमको कार्यतालिकाअनुसार सञ्चालन गर्ने गराउने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

समय तालिका / परीक्षा सञ्चालन

समय: बिहान ८.०० बजे देखि ११.०० बजेसम्म

क्र.सं मिति विषय
२०७२ साल चैत्र १८ गते बिहिबार अनिवार्य अङ्ग्रेजी
वेदविद्याश्रमतर्फ: अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अङ्ग्रेजी
२०७२ साल चैत्र १९ गते शुक्रवार अनिवार्य नेपाली
गैर नेपाली विद्याार्थीहरूका लागि अङ्ग्रेजी ( Elective English)
२०७२ साल चैत्र  २१ गते आइतबार अनिवार्य गणित
२०७२ साल चैत्र २२ गते सोमबार अनिवार्य विज्ञान
वेदविद्याश्रमतर्फ: अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद
२०७२ साल चैत्र २३ गते मंगलबार अनिवार्य सामाजिक अध्ययन
प्राविधिक विषयतर्फ : Farm Management and Marketing⁄Engineering Drawing⁄Computer Repair and Maintenance
२०७२ साल चैत्र २४ गते बुधबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा
वेदविद्याश्रमतर: कर्मकाण्डरफलित ज्योतिष
संस्कृततर्फ : अनिवार्य संस्कृत भाषा
प्राविधिक विषयतर्फ : Aquaculture and Fisheries/Electrical Measurement and Instrument/Computer Networks ⁄Engineering Surveying
२०७२ साल चैत्र २५ गते बिहिबार साधारण तथा संस्कृततर्फ : ऐच्छिक प्रथम पत्रका सबै विषयहरू
वेदविद्याश्रमतर्फ :   वेद वा नीतिशास्त्र
प्राविधिक विषयतर्फ: ऐच्छिक गणित (Optional Maths)
२०७२ साल चैत्र २६ गते शुक्रबार साधारण तथा संस्कृततर्फ :  ऐच्छिक द्वितीय पत्रका सबै विषयहरू
वेदविद्याश्रमतर्फ :  ऐच्छिक विषयहरू
प्राविधिक विषयतर्फ : Vegetable and Medicinal plant Production ⁄Dairy and Dairy Products⁄ Utilization of Electrical Energy⁄ Database management System⁄ Building Construction
 २०७२ साल चैत्र २७ गते शनिबार प्राविधिक विषयतर्फ :  Crop production ⁄Small Ruminant Production and Management ⁄Electronic device and circuit ⁄Water resources Engineering
१० २०७२ साल चैत्र २८ गते आइतबार प्राविधिक विषयतर्फ : Industrial Entomology and Mushroom ⁄Animal health–II ⁄Electrical Machine⁄ Microprocessor⁄ Highway Engineering
११  

२०७२ साल चैत्र २९ गते सोमबार

प्राविधिक विषयतर्फ : Floriculture and Nursery Management ⁄Veterinary Laboratory Techniques⁄ Industrial Installation and Maintenance ⁄Object Oriented Programming ⁄Estimating Costing and Supervision

द्रष्टव्य
१. कुनै आकस्मिक विदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना विना परीक्षा स्थगित हुनेछैन ।
२. नियमित तथा एक्जेमटेड दुबै समूहतर्फको परीक्षा उल्लिखित तालिकाअनुसार एउटै समयमा एकै किसिमका प्रश्नहरुबाट हुनेछ ।
३. अनिवार्य विषयका प्रश्नहरु विकास क्षेत्रगत रुपमा फरक–फरक ( Multiple set) हुनेछन् ।
४. प्राविधिक विषयतर्फका परीक्षार्थीहरुको हकमा साधारणतर्फको ४ विषय विकास क्षेत्रगत रुपमा फरक फरक र अन्य प्राविधिक विषयहरुको देशभर एकै किसिमका प्रश्नहरु हुनेछन् ।
५. परीक्षा हलमा प्रवेश गर्न प्रवेशपत्र अनिवार्य हुनेछ ।
६. परीक्षा केन्द्रहरुको जानकारी सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुबाट हुनेछ ।
७. तोकिएको केन्द्र र तालिकाअनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीहरुलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन ।
८. प्रवेशपत्रमा उल्लेख भएको सिम्बोल नम्बरबाट नै परीक्षा दिनुपर्नेछ । कोड नम्बरमा परीक्षा दिएमा सो परीक्षा स्वतः रद्द हुनेछ ।
९. नियमित तथा एक्जेम्टेड दुबै समूहका परीक्षार्थीहरुको परीक्षा केन्द्र परिवर्तन हुनेछैन ।
१०. मूल तथा थप उत्तरपुस्तिकाको व्यवस्था परीक्षा नियन्त्रण कार्यालयबाट नै गरिनेछ ।
११. परीक्षासम्बन्धी कुनै कुरा स्ष्पष्ट नभएमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको फोन नं. (६६३०७३९, ६६३०८१९, ६६३००७०, ६६३११४६) मा सम्पर्क गर्न सकिनेछ । यो विवरण परीक्षा नियन्त्रण कार्यालयको website: www.soce.gov.np मा पनि हेर्न सकिनेछ । अडियो नोटिस बोर्ड नं.१६१८–०१–६६३११४६ मा डायल गरी सुन्न पनि सकिनेछ ।


 

परीक्षार्थीले रजिष्ट्रेशन/आवेदन फारम भर्दा फारममा उल्लेख गरेको जन्ममिति वा नाम थरको हिज्जे यस कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिष्टसँग रुजु गरी फरक पाइएमा र उक्त फरक परेको विवरण संशोधन गर्नुपर्ने भएमा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०७३ साल बैशाख मसान्तभित्रमा यस कार्यालयमा आइपुग्ने गरी पठाउनुहुन अनुरोध छ । अन्यथा उक्त विवरण संशोधन गर्न नसकिने व्यहोरा समेत जानकारी गराइन्छ ।


 

 

कमेन्टहरु
Loading...