सिद्धार्थ क्लवद्धारा कृस्तीनाच्नेचौरमा विपद्व्यवस्थापन कोष स्थापना

पोखरा, ५ पुस। सिद्धार्थ क्लवले कृस्तिनाच्नेचौर गाविसमा विपद्व्यवस्थापन कोष स्थापना गरेको छ । गाविसमा विपद्व्यवस्थापनमा सहज होस् भन्ने हेतुले उक्त कोष स्थापना गरेको हो । क्लवले १० हजारको कोष स्थापना गरेको हो । शुक्रबार एक कार्यक्रमका बिच सिद्धार्थ क्लवका अध्यक्ष दिपेन्द्र मर्सानी र क्लवका निर्देशक दिलिप दोषीले गाविसका सचिव डिल्लीराम गिरि र कार्यालय सहायक प्रजापति बराललाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।

गाँउ विपद् पर्दा र विपद् आउनुभन्दा पहिले सजग भएर काम गर्नका लागि यो कोष स्थापना गरिएको हो क्लवका अध्यक्ष मर्सानीले भने– यो कोषमा पछि पनि सहयोग गर्दै जानेछौ । उनले अधिकार र जिविको पार्जनमा पनि गाविसका महिलाहरुलाई सक्रिय बनाउदै लैजाने बताए ।
क्लवले स्थापना गरेका कोषलाई व्यवस्थित तरिकाले सञ्चानल गर्ने गाविस सचिव गिरिले जानकारी दिए ।

अहिले नेपाल सरकारले पनि प्रत्यक गाविसमा विपद् व्यवस्थापन कोष खडा गर्नु पर्ने जनाएको छ उनले भने– क्लवले विपद्व्यवस्थापन कोष खडा गरिदिएपछि हामीलाई पनि थप मद्दत मिलेको छ । उनले गाविसको परिषद्बाट पनि कोषका लागि केहि रकम छुट्टयाएर रकम थप गरि कोष सञ्चालनका लागि एउटा व्यस्थित समिति समेत बनाउने जानकारी दिए । कार्यक्रममा सिद्धार्थ क्लवका निर्देशक दिलिप दोषीले कोषले विपद् व्यस्थापन गर्नका मिल्न राहत मिल्ने बताए ।

यो कोष स्थापना गरेर हामीले शुरुवात मात्रै गरेका हौ उनले भने–कोषलाई वढाउदै लगेर यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने काम गाविसको रहने छ । सिद्धार्थ क्लव पोखराले सन २००५ देखि एक्सन एडको सहयोगमा कृष्तिनाच्नेचौर गाविसमा र सराङकोट गाविसमा स्थानिय अधिकार कार्यक्रम सम्वन्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लवले कार्यक्रम सञ्चालन गरेका गाविसमा विपद्व्यवस्थापन कोष खडा गर्ने अध्यक्ष मर्सानीले जानकारी दिए ।

त्यसैगरि क्लवले कृष्तिनाच्नेचौर गाविसका सञ्चालन गरेको कार्यक्रमका वारेमा छलफल समेत गरेको छ । क्लवले छ महिनाको अवधिमा गरेका कार्यक्रममको समिक्षा गर्नुको साथै भावि योजनाका वारेमा समेत छलफल गरेको कार्यक्रम संयोजक दुर्गाप्रसाद खनालले जानकारी दिए । उक्त अवसरमा त्यहाका स्थानियवासीलाई जलवायु उत्थानशिल दिगो खेतीपाती सम्वन्धि अुनशिक्षण समेत गरिएको थियो । उक्त कार्यक्रममा ४८ जनाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...