प्राविधिक शिक्षा सञ्चालन गर्न स्वरेकमा श्रीमद्भागवत महायज्ञ हुने

पोखरा, १० बैशाख/स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा रहेको राष्ट्रिय टापु भञ्ज्याङ माविमा श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । २०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन हुदै आएको छ ।

वालिङ नगरपालिका वडानं ११ स्वरेक टापुमा रहेको विद्यालयमा प्राविधिक शिक्षा सञ्चालानार्थ यहि बैशाख १५ देखि २२ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका संयोजक कमल पंगेनीले जानकारी दिए । सो विद्यालयमा हाल २ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

जस्मा ८५ प्रतिशत दलित विद्यार्थीहरु रहेका छन् । पोखरामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर पंगेनीले प्राविधिक शिक्षा अहिलेको आबश्यकता भएकोले स्वरेकको मध्यभागमा रहेको उक्त विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्दा स्थानीयलाई सहज हुने बताए ।

पंण्डीत ऋृषिकेश पोखरेलले कथा बाचन गर्ने महायज्ञबाट २ करोड उठाउने लक्ष्य रहेको बताए । महायज्ञमा खर्च ३० लाख हुने अनुमान आयोजकले गरेको पंगेनीको भनाई थियो । अहिले सम्म कलश र दान रकम गरेर १३ लाख संकलन भइसकेको बताइएको छ ।

विद्यालयका पुर्व विद्यार्थी श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञका प्रचार प्रसार समितिका संयोजक घनश्याम पाण्डेयले प्राविधिक शिक्षाको लागि महायज्ञ गर्न लागिएकोले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सवैसंग आग्रह गरे ।

पाण्डेयले महायज्ञ सफल बनाउन सवैको साथ सहयोग रहेकोमा जोड दिए । महायज्ञबाट संकलित रकमबाट सो विद्यालयमा कक्षा ११ र १२ मा ब्यावसायिक तथा प्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन गर्ने ,सुविधा सम्पन्न पुस्तकालय र ई लाइव्रेरी स्थापना गर्ने ,विज्ञान प्रयोगशाला निर्माण गर्ने ,आवसीय सुविधा सहितको छात्रवास निमार्ण गर्ने रहेको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...