६३ वर्षीय बृद्धद्वारा किशोरीमाथि यौनशोषण, हत्या प्रयास पछि घटना सार्वजनीक

सिन्दुली, २९ चैत/६३ वर्षीय बृद्धले १५ वर्षीया किशोरीलाई कामदारका रुपमा राखेर लामो समय यौनशोषण गर्दै आएको घटना सार्वजनिक भएको छ। कमलामाई नगरपालिका-११ बथानचौडीका युवराज लुइँटेलले बेलघारी १ घरघरेकी एक किशोरीमाथि यौनशोषण घटना सार्वजनिक भएको हो । आज कारोबार दैनिकमा समाचार छ।  लुइँटेलले गत चैतदेखि लामो समय दैनिक बलात्कार गरेको पीडित पक्षको भनाइ छ। विपन्न परिवार भएकाले ती किशोरीलाई उनकी आमाले २०७१ चैतदेखि लुइँटेलको घरमा कामदारका रुपमा पठाएकी थिइन्। लुइँटेलले यौनशोषण गरी उक्त अवधिमा दुईपटक औषधि खुवाएर गर्भपतन गर्न लगाएको पीडित पक्षको दाबी छ।

पीडकले आफ्नो कर्तुत सार्वजनिक हुने डरले बालिकालाई विष खुवाएर हत्या गर्न खोजेपछि घटना सार्वजनिक भएको बालिकाकी भाउजूले सुनाइन्। विष खुवाउँदा बालिकाले चिच्याएर हारगुहार मागेपछि अरुले थाहा पाएर परिवारसम्म खबर गरेका थिए।

बालिकामाथि २०७१ चैतदेखि ०७२ साउनसम्म घरभित्रै राखेर यौनशोषण भएको थियो। त्यसपछि बालिका बेहोस हुने, बरबराउने र एकोहोरो हुने लगायत समस्या देखिएपछि उनका दाजुले बागलुङ लगेर उपचार गराएका थिए। आरोपितको घरनजिकै शरण लिएर बस्दै आएका आमा र दाजुभाउजूसँग फागुन २४ देखि बस्न थालेको अवस्थामा पनि ती बृद्धले बलात्कार प्रयास गरेका थिए।

घटना सार्वजनिक नगर्न भन्दै शिक्षकहरुमार्फत ३० हजार क्षतिपूर्ति दिने भन्दै सुरुमा ५ हजार दिएर थामथुम पार्न खोजेको खुलेको छ। बालिकाको स्वास्थ्य जाँच गर्दा उनको पाठेघरमा गम्भीर समस्या आएको चिकित्सकले बताएका छन्। अभियुक्तलाई जाहेरी लगत्तै पक्राउ गरी अनुसन्धानका गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...