एसइई परीक्षा सर्न पनि सक्ने

पोखरा, ३ चैत/ यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न पनि सक्ने भएको छ । चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने भएको हो ।

आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन् । उनले दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने नबनाउने कुरा टुंगो लगाउने बताए ।

मन्त्री ढकालले अहिले १ सय ७० वटा आइसियू सञ्चालनमा रहेकोमा काठमाडौंभित्र १ सय २० र बाहिर १ सय १५ वटा आइसियू विस्तार गर्न सरकार जुटेको जनाए ।

कमेन्टहरु
Loading...