सिरियामा बिषालु ग्यासको प्रयोग एक हजार भन्दा बढिको ज्यान लियो (फोटो तथा भिडियो)

भाद्र, ६ सिरियामा सरकारी सेनाले गरेको कारबाहीमा करिब एक हजार भन्दा बढी सर्वसाधारणको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सेनाले राजधानी दमास्कसका विभिन्न ठाउँमा सर्वसाधारण नागरिकमाथि रासायनिक हतियार प्रहार गरेको अधिकारकर्मीलाई उधृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।
1ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताएका छन् । विषाक्त ग्याँस हावामा फैलिएकोले धेरैले स्वासप्रस्वासको समस्याका कारण ज्यान गुमाएका अधिकारकर्मीले बताएका छन् । रासायनिक हतियारका कारण बिरामी परेका धेरैको स्थानीय अस्पतालमा उपचारका लागी खचाखच भरिएका छन् ।
2सिरियाको सरकारले भने रासायनिक हतियार प्रयोग नगरेको दावी गरेको छ । सिरियामा रासायनिक हतियार प्रयोग भए नभएकोबारे अनुसन्धान गर्न गएको आइतबार राष्ट्रसंघीय टोली सिरिया पुगेको थियो । सिरियामा द्वन्द्वका क्रममा सरकारी र विद्रोही दुवै पक्षले एक अर्कालाई रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।
राष्ट्रसंघीय यसो भन्छ
सिरियाली सरकारले विपक्षी विरुद्ध रासायनिक हतियार प्रयोग गरेर नरसंहार मच्चाएकोबारे तत्काल निष्पक्ष छानविन गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय सुरक्षा परिषदको न्यूयोर्कमा हिजो बसेको आकस्मिक बैठकले सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेर सयौं नागरिकको हत्या गरेको बारेमा यथार्थ पत्ता लगाएर कारवाही गर्न ढिलो गर्न नहुने प्रष्ट गरेको बीबीसीले जनाएको छ ।
राजधानी दमास्कसबाहिर राष्ट्रपति बशार अल असादको सरकारले एक हजार निहत्था नागरिक मारेको आरोप विपक्षीले लगाएका छन् । सरकारले भने विपक्षीको आरोपलाई निराधार भन्दै आएको छ । तर, विपक्षीहरुले त्यसरी मारिएकाहरुको भिडियो नै बनाएर संसारभर फैलाएका छन् । यसैबीच अमेरिका, बेलायत, फ्रान्ससमेत ३५ देशका प्रतिनिधिले राष्ट्रसंघका निरीक्षकले नै यस घटनाको जाँच गर्नुपर्ने माग गरेका छन् ।
4
तस्वीर समाचार एजेन्सीहरु
भिडियो हेर्नका लागी क्लिक गर्नु होला http://www.youtube.com/watch?v=43b5TWxWWiQ
 

कमेन्टहरु
Loading...