उइगो स्कुटरको सेल्स पोखरामै हालसम्मको उच्च

पोखरा– पोखरा बजारमा युवा पुस्ताको लोकप्रिय बनेको उइगो स्कुटरको एकै दिन ५८ वटा विक्री र सोही दिन २६ वटा स्कुटर वुकिड्ड भएको छ । ए.एस.बि. अटो मोवाइल्स् (वतास अर्गनाइजेसन) नयाँबजारमा रहेको शोरुममा शुक्रवार यति धेरुै स्कुटर बिक्री भएको सेल्स म्यानेजर सन्तोष पोखरेलले बताए । यो बिक्री दर एकै दिनमा हालसम्मकै उच्च हो उनले भने उइगो स्कुटर बढि व्यालेस् टेक्नोलोजीमा बनेको साथै फुल मेटालिक बडी, १ सय १० सिसि र ६ कलरमा उपलब्ध रहेको छ ।
पोखरेलका अनुसार उइगोको माग पोखरामा अत्याधिक रहेको र यस स्कुटरमा अरुमा भन्दा पृथक सुविधा पनि रहेको छ । १२ इन्चको एलो हुइल, खाल्टा खुल्टीमा पनि नठोकिने, आरामदाई, माइलेज बढि भएको, तले टेट्की बाहिर भएको हुनाले सबैको रोजाई भएको कम्पनीको दाबि छ ।
सिभीटिई टेक्नोलोजीमा आधारित यस स्कुटरमा प्रत्यक दुई हजार कि.मी.मा मोवील चेन्ज गर्दा हुने साथै इन्जिन र व्यट्रि लगायत अन्य सामानहरुको पनि वारेन्टी रहेको छ भने यसको बिक्री मूल्य १ लाख ५६ हजार ९ सय रहेकोमा ९ हजार छुट रहेको छ ।

कमेन्टहरु
Loading...