बिहीबार (भोलि) सार्वजनिक विदा

काठमाडौं, २४ वैशाख/ सरकारले बुद्ध जयन्तिको अवसर पारेर बिहीबार सार्वजनिक विदा दिएको छ ।

२०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार वैशाख पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुबेदीले बुधबार सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी गराएका छन् ।

कमेन्टहरु
Loading...