प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु बाध्यताः देउवा

१७ फागुन, कैलाली । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिनु बाध्यात्मक भएको बताउनु भएको छ । राजनीतिक निकासका लागि नै भएपनि अहिलेको अवस्थामा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था रहेको देउवाको भनाई छ ।

नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आज गरेको पत्रकार सम्मेलनमा नेता देउवाले दलहरुबीच सहमति हुन नसकेपछि दलबाहिरको निष्पक्ष व्यक्तिको रुपमा प्रधानन्यायाधीशको नाम आएको पनि बताउनुभयो ।

प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने सरकारले निष्पक्ष निर्वाचन गर्ने विश्वास व्यक्त गर्नुभयो । दलहरुबीच अन्य विषयमा सहमति भएकाले जेठमै चुनाव हुने पनि उहाँले दाबी गर्नुभयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...