साहित्यकारद्वय समीप र सरुलाई पितृशोक

पोखरा, २९ वैशाख/पोखरेली साहित्यकार दिदी–भाइ दीपक समीप र सरस्वती श्रेष्ठ ‘सरु’लाई पितृशोक परेको छ । साहित्यकारद्वयका ६७ वर्षीय पिता रामबहादुर श्रेष्ठको शनिबार राति सवा ९ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । स्व. श्रेष्ठको आइतबार पोखराकै रामघाटमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोरा साहित्यकार समीपले दागबत्ती दिए ।

लमजुङको सूर्यपालका स्थायी वासिन्दा स्व. रामबहादुर श्रेष्ठ भारतीय सेनाका निवृत्त सुवेदार हुन् भने सुनीपानी सामुदायिक उपभोक्ता समिति र मङ्गला उच्च माविको फर्निचर निर्माण समितिका पनि पूर्व अध्यक्ष थिए । वि. सं. २००३ असार १ गते जन्मेका श्रेष्ठका १ छोरा, २ छोरी र १ श्रीमती छन् । उनी विगत ९ महिनादेखि मूत्र थैलीको क्यान्सरबाट पीडित थिए । सम्मोहन साहित्यिक पत्रिकाका सल्लाहकार समीप र साहित्यकार सरुलाई परेको पितृशोकप्रति सम्मोहन समूहले एक विज्ञप्तिमार्फत् शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ ।

कमेन्टहरु
Loading...