शान्ति मिसनको शोधभर्ना रोक्ने

पोखरा, १४ भाद्र/नेपाल प्रहरीको शान्ति मिसनका लागि खरिद गरिएका बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचारका कारण प्रहरीलाई थप व्ययभार लाग्ने भएको छ । हाइटी र सुडानको डार्फरमा कार्यरत नेपाल प्रहरीका अधिकांश सामान नचल्ने भएपछि राष्ट्रसंघले नयाँ सामान पठाउन प्रहरीलाई पत्राचार गरेको आजको नयाँ पत्रिकामा खबर छ ।
santiबख्तरबन्द गाडी, एपिसीलगायतका सामान काम नलाग्ने भएको भन्दै डेढ महिनाभित्र नयाँ सामान खरिद गरी पठाउन संयुक्त राष्ट्रसंघले नेपाल प्रहरीलाई पत्राचार गरेको हो । नयाँ सामान नपठाए शोधभर्ना रोक्ने राष्ट्रसंघले पत्र मार्फत चेतावनी दिएको छ । शान्ति मिसनमा बख्तरबन्द गाडी पठाएवापत राष्ट्रसंघले नेपाल प्रहरीलाई बर्षेनी करोडौं शोधभर्ना दिँदै आएको छ ।
हाइटी र डार्फरमा नेपाल प्रहरीको फम्र्ड पुलिस युनिटलाई आवश्यक स्रोत साधन नभएको र भएका पनि नचल्ने अवस्थामा रहेकाले राष्ट्रसंघले जनाएको हो ।

कमेन्टहरु
Loading...