पत्रकार महिलाको क्षमता विकास गर्ने योजना छः मेयर

पोखरा, १७ जेठ/पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जीसीले दिगोविकास र शुसासनका लागि राज्यको चौंथो अंग व्यवस्थीत र जीम्मेवार हुनुपर्ने बताउँदै यसका लागि स्थानीय सरकार सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

संचारिका समूह गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको स्थानीय सरकार संचार योजना विषयक दुइ दिने अन्र्तसम्वाद कार्यक्रको उद्घाटन गर्दै नगरप्रमुख मेयरले यस्तो बताएका हुन् ।

उनले नयाँ शासन व्यवस्थामा लैंगिक समानता र महिलाविकासको महत्व प्रष्ट भएको जनाउँदै पत्रकारीता क्षेत्रमा महिलाको आगमन, सक्रियता र बृतिविकासका लागि महानगरपालिकाले विशेष योजना बनाएको समेत बताए । उनले पोखरामा रहेर सक्रिय पत्रकारीत गर्ने महिलाहरुलाइ प्रोत्सान गर्न महानरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए ।

देशकै ठूलो महानगर पोखरामा गुणस्तरिय पत्रकारीता क्षेत्रमा पुरुषको तुलनामा महिलाको सक्रियता कम देखिएको बताउँदै आगामी दिनमा यो अवस्था परिवर्तन हुनु पर्ने बताउँदै नगर प्रमुख मेयरले नयाँ शासन व्यवस्थामा हरेक क्षेत्रमा महिलाको अग्रसरता बढाउन जागरुक हुनका लागि महानगरका स्थानीय सरकार प्रमुखहरुलाइ आग्रह गरेका छन् ।

शुसान र विकास प्रति स्थानीय सरकार र संचार क्षेत्रको एक आपसको बुझाइ संस्थागत गरि सार्वजनिक हितका लागि आगामी योजना बनाउन सहयोग गर्ने उद्देश्यले पोखरा महानगरपालिका कार्यालयसँगको सहकार्यमा संचारीका समूह गण्डकीले स्थानीयसरकार–संचारकर्मी अन्र्तसम्वाद गरेको हो ।

यसैविच कार्यक्रमको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले प्रेस स्वतन्त्रता र सुचनाको हक सुनिश्चित गर्न स्थानीयस्तर देखिनै सबै जनाजागरुक र जीम्मेवार बन्नुपर्ने बताए । त्यसैगरी उद्यमी तथा नागरिक समाजका अगुवा आनन्दराज मुल्मीले महिला बर्गको नेतृत्वमा हरेक विषयका कार्यक्रम हुनु पनि महिला विकासको नमुना भएको बताए ।

अन्र्तसम्वादमा महानगरका ३३ वटै वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा सहभागित वडाध्यक्षहरुले प्रजातन्त्रका लागि दशकौंलामो अभ्यास र संघर्षपछि आएको परिवर्तमा पत्रकारीता जगतकै मुख्य भूमिका रहेको बताएका थिए । उनिहरुले पछिल्लो क्रममा पत्रकारीता जगतमा समेत विकृतिहरु आएको र मनगणन्ते, तथ्यहिन र बिज्ञापन केन्द्रित समाचार लेख्ने प्रवृति निर्मूल गर्नै पर्ने सुझाएका थिए ।

अन्र्तसम्वादमा सरकार प्रमुखको तर्फवाट वडा नं १ की वडाध्यक्ष शारदा पराजुली र वडा नं १३ का वडाध्यक्ष दर्शनलामाले स्थानीयसरका रुपमा स्थापित भएयता देखिका संचार सम्बन्धित आफ्ना अनुभव केन्द्रिीत प्रस्तुतीकरण गरेका थिए ।

त्यसैगरी संचारकर्मीको तर्फबाट अग्रज पत्रकार तथा बिबिसी नेपाली सेवाका संवाददाता नारायण कार्की र अन्नपूर्णपोष्टका पश्चिमांचल ब्युरो प्रमुख केशवशरण लामिछानेले क्रमशः समाचारिय अन्र्तवस्तु र पत्रकार आचारसंहिताका बारेमा सहजीकरण गरेका थिए ।

संचारीका समूह गण्डकी प्रदेशकी अध्यक्ष स्मीता अधिकारीको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा संचारीका समूह गण्डकीका निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा, संस्थापक अध्यक्ष दुर्गा भण्डारी लगायतले बोलेका थिए । अन्र्तसम्वाद उद्घाटन कार्यक्रमको संचालन संचारीका समूह गण्डकी की महासचिव कविता श्रेष्ठले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...