मनकामना लामडाँडा अग्नीपिडितलाई राहत वितारण

पोखरा, २४ बैशाख /स्याङजाको मनकामना गाविस लामडाँडा गाँउका अग्नी पिडित परिवारलाई राहत स्वारुप केहि रकम वितरण गरिएको छ । बैशाख १९ गते गाँउमा आगलागि भएपछि घरवार विहिन भएका २० परिवारलाई विहिबार छिमेकी गाँउहरुबाट संकलित करिव ५५ हजार रकम वितरण गरिएको हो ।
छिमेकी गाविस माझकोट २ राम्चेका आमा समुह, नेपाल तरुण दल माझकोट अध्यक्ष सुकराज गुरुङ, ट्रेड युनियन कांग्रेस माझकोट अध्यक्ष औ बहादुर गुरुङ, पर्यटन विकास समिति माझकोट अध्यक्ष लोक बहादुरर गुरुङ लगायतको उपस्थितमा राम्चे गाँउबाट संकलित ३४ हजार ६ सय ५० रुपैयाँ नगद अग्नी पिडितलाई वितरण गरिएको छ । भने छिमेकी गाविस एलादि १ तल्लाथोकका स्वार्णिम आमा समुह, स्वार्णीम परिवार, तल्लो कुमेरदुङ्ग निमावी प्राचार्य कमल गुरुङ लगायतबाट करिव २० हजार सहयोग गरेका छन ।

स्वार्णीम आमा समुहले १० हजार, स्वार्णीम परिवार ५ हजार, निमावीबाट ५ हजार गरि जम्मा ५४ हजार ६ सय ५० रुपैयाँ प्रदान गरिएको हो । त्यसैगरी नेपाली कांग्रेस स्याङजाले पनि अग्नीपिडितहरुलाई राहत वितारण गरेको छ । जिल्ला सभापति एवम सांसद कमल पगेंनी, क्षेत्रिय अध्यक्ष अर्जुन प्रकाश आर्याल, कांग्रेस गाविस पुर्व सभापति उमापति शर्मा, तरुण दल क्षेत्रिय सभापति दिपेन्द्र क्षेत्रि लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा २० बण्डाल टिन, २० त्रिपाल, चामाल, लत्ताकपडा वितरण गरेको हो ।

सोहि क्षेत्रबाट निर्वाचन जितेर सांसद बनेका पंगेनी राहत वितरण गर्न स्वयम मनकामना लामडाँडा पुगेका थिए । आगालागीबाट ध्वास्त भएका घरहरुको अवलोकन गर्दै सांसद पंगेनीले पिडित समक्ष राहतका लागि पहल गरिदिने बताउनुभयो । मनकामना लामडाँडामा लागेको आगलागीबाट २० घर , १९ गोठ , ५ धन्सार तथा कयौं पशु(चौपाया जलेर नष्ट भएको थियो । आगलागीबाट करिव २ करोड पचास लाख भन्दा बढी नोक्सान भएको अनुमान छ । पिडितहरुलाई केहि व्यक्ति एवम संघसंस्थाहरुबाट केहि राहत प्राप्त भए पनि प्रार्यप्त नभएको उनिहरुको भनाई छ । २० घर जले पछि घरवार विहिन भएको परिवारहरुले पुर्नस्थापनाको माग गरेका छन् ।

कमेन्टहरु
Loading...