शिक्षाविद् जोन र अग्रज पत्रकार बाँस्तोला सम्मानित

पोखरा, 22 माघ। शिक्षाविद् जर्ज जोन तथा अग्रज पत्रकार कृष्णप्रसाद बाँस्तोलालाई पोखरामा सम्मान गरिएको छ। सिद्वार्थ लवडेल बोडिङ स्कुल पोखराले आफ्नो १२ औ वार्षिकोत्सव समारोहवीच उहाँहरुलाई सम्मान गरेको हो।

एन प्याब्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्माले उहाँहरुलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए। शिक्षाविद् जर्जजोन पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख हुन् भने अग्रज पत्रकार बाँस्तोला विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रको विकासमा निरन्तर क्रियाशील रहदै आएका छन्।

कार्यक्रमको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारेले गरेका थिए। त्यसअवसरमा प्याब्सन कास्कीका अध्यक्ष निदेशप्रसाद कोइराला, वटरफ्लाई फाउण्डेशनका अध्यक्ष गोविन्द पहारी, प्राइम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिल जोशी, अभिभावक सुरेन्द्र मर्सानी, प्रधानध्यापक याम खड्का लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुना खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो।

कमेन्टहरु
Loading...