सहाराका पाधिकारीबाटै आठलाख बढी रकम हस्तान्तरण खेलाडी जय थापाद्धारा एक लाख सहयोग

मंसिर, १५ कास्की/ सहारा क्लबको दोविल्लामा निर्माणाधिन फुटबल एकेडेमीको सहयोगार्थ स्वदेश तथा विदेशबाट रकम आउने क्रम जारी रहेका वेला क्लबका पदाधिकारी, सदस्य, सल्लाहकारहरुबाट ८ लाख ६ हजार ९३१ रुपैया सहयोग गरेका छन् । बिहिबार क्लबमा आयोजीत रकम हस्तान्तरण कार्यकक्रममा क्लवका पदाधिकारी, सदस्य, सल्लाहकार एवम शुभचिन्तकबाट उक्त रकम क्लबका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरेका हुन ।

सहारा एकेडेमी भवन निर्माणका लागि दिनरात नभनी जुटिरहेका क्लवका अध्यक्ष विक्रम थकालीले १ लाख १ हजार १११, वरिष्ठ उपाध्यक्ष विरभद्र आचायले ११ हजार १११, महासचिव केशबबहादुर थापा ले २५ हजार ५५, कोषाध्यक्ष विश्वराज वरालले २५हजार ६७८, कार्यसमिति सदस्य रविन श्रेष्ठले १० हजार ११५, सदस्य अम्विका गुरुङ्गले ५ हजार ५ रुपैया सहयोग गर्नुभएको हो । खेलाडी मनोज थापा (जय) ले १ लाख १ रुपैया, क्लवका साधरण सदस्य तथा समाजसेवी दिलिपराज श्रेष्ठले १ लाख २५ हजार ५ सहयोग गर्नु भएको हो ।

यसैगरी क्लवका सल्लाहकार सभापती बसन्त थकालीले २० हजार रुपैया, यस अगाडि नै ५ लाख बरावरको सामग्री सहयोग गरीसक्नु भएका प्रकाश शेरचनले एकेडेमीका बालबालिका लागि ५० वरावरको फर्निचर, डा. नारायण गौत्तमले ५० हजार १०० , विन्ध्येश्वरी आर्दश मा.विका संस्थापक शम्भु कार्कीले २० हजार रुपैया, नारायण काकीले ५ हजार ५, तेजबहादुर गुरुङले ११ हजार १११ र कृष्ण बहादुर थापाले १० हजार ५०० रुपैया सहयोग प्रदान गर्नुभयो ।

यसरी नै कर्ण के.सी.१० हजार, क्लवका पुर्व प्रशिक्षक किरण श्रेष्ठले १० हजार, चित्र बहादुर कार्की १० हजार १००, राम हिराचन, १० हजार १०१, राजकुमार गुरुङ २५ हजार, शान्ति केसी २५ हजार ५५, लालबहादुर ज्वारचन, १० हजार ५, प्रल्हाद हिराचन, १० हजार १, टंकप्रसाद पौडेल ५ हजार ५, गंगा राई १० हजार ५, रामजी अधिकारी १० हजार १, नवराज अधिकारी ११ हजार १११, यम बहादुर भण्डारी (हरी) १० हजार ११५ रुपैया ७५पैसा, नविन अधिकारी ५ हजार ५, पृथ्वी गुरुङ्गले १० हजार ५, अम्बर बहादुर राजभण्डारी १० हजार १११, लिलबहादुर थापा १० हजार १०१, राजेश जोशी १० हजार १११, मानबहादुर रानाभा (महेश मामा) ११ हजार १११, विनु गुरुङ्गले १ हजार २०, अमृता पौडेलले १ हजार ५५, हेम गुरुङ १ हजार १० र प्रविन श्रेष्ठले १ हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको हो ।

यसै गरी क्लवका शुभचिन्तकहरु भविसरा रानाले १० हजार ५ र विष्णु सुवेदीले १० हजार १०५ रुपैया क्लवका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरिएका थियो । क्लबका सल्लाहकार नारायण कार्कीले क्लबले निस्वार्थ भावले एक भएर लागेको कारण सहयोगी हातहरु बढेको दाबी गर्नू भयो । क्लब अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विरभद्र आचार्य, महासचिव केशव थापाले एकेडेमिको बारेमा वोल्नु भएको थियो ।

पोखरा १७ दोविल्लामा बिभिन्न व्यतिm तथा संघ संस्थाहरुको सहयोगबाट करीब १ करोड २७ लाखमा सहारा एकेडेमि भवन निर्माण भएको छ । एकेडेमिको भौतिक संरचना पुरै निमार्ण गर्न करीब डेड करोडको योजना भएको क्लबले जनाएको छ ।

कमेन्टहरु
Loading...