सफल कपको पुरस्कार राशिमा वृद्धि , कुमार गुरुङ्ग संयोजकत्वमा विभिन्न समिति गठन

भदौ ९,पोखरा । पोखरामा सञ्चालन विभिन्न खेलका ठूला प्रतियोगिताहरुमध्यको सफल पोखराका कपको तेश्रो संस्करणमा पुरस्कार राशि पनि बढ्ने भएको छ । कास्की जिल्ला फुटवल संघको आयोजनामा आउँदो कार्तिक ५ देखि १६ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा यसपटकको विजेताले नगद ३ लाख ५५ हजार रुपैयाँ तथा उप–विजेताले नगद २ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 
गतवर्ष विजेताले नगद ३ लाख ५ हजार र उप–विजेताले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । संघ कास्कीका अध्यक्ष गोपीबहादुर भट्टराईको अध्यक्षतामा आइतबार बसेको बैठकले यस्तो निर्णय गर्दै प्रतियोगिता सफल पार्न संघका उपाध्यक्ष कुमार गुरुङ्गको संयोजकत्वमा विभिन्न समितिहरु समेत गठन गरेको छ । समितिको सह–संयोजकमा उपाध्यक्षद्धय मिलन गुरुङ्ग र धरमसिंह लामिछाने रहेका छन् । त्यसैगरि आर्थिक समितिको सदस्यमा मदन केसी तथा सदस्यहरुमा सुक गुरुङ्ग, महेन्द्र गुरुङ्ग, मिलन गुरुङ्ग, सुरेश गुरुङ्ग, जमानसिंह दुरा र विशाल गुरुङ्ग रहेका छन् ।
बैठकले सचिवालय व्यवस्थापन समिति संयोजकमा राजन पौडेल तथा सदस्य ओम बस्नेतलाई चयन गरेको छ ।
खेल मैदान व्यवस्थापन समिति संयोजकमा ओम बस्नेत तथा सदस्यहरुमा हरि खड्का, सुरेश गुरुङ्ग र शान्तबहादुर गुरुङ्ग रहेका छन् भने पोखरेली टिम व्यवस्थापन समिति संयोजकमा महेन्द्र गुरुङ्ग तथा सदस्यहरु हरि खड्का र हिटलर घलेलाई चयन गरिएको संघ कास्कीले जनाएको छ ।
सफल पोखराका कपको पहिलो संस्करणको विजेता बाँग्लादेशको शेख जमल धनमुण्डि क्लव हो भने गत वर्ष मनाङ्ग मस्र्याङ्गदी क्लवले यसको उपाधी चुमेको थियो । यसटपको प्रतियोगितामा नेपालका चर्चित ए डिभिजन तथा विभागियबाट ८ टिम, विदेशी तीन टिम र आयोजक पोखराको एक टिम गरि १२ टिमले भाग लिने संघ कास्कीका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।

कमेन्टहरु
Loading...