सात वर्ष पछि भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा ( फोटो र भिडियो सहित )

अनिल र जुमानुले गरे गोल, नेपाल समूह विजेता
पोखरा, २० भाद्र डिफेण्डिङ च्याम्पियन भारतलाई सात वर्ष पछि पराजित गर्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतलाई २–१ गोलले पराजित गरेको नेपाल ७ अंकका साथ समूह एको विजेता बनेको छ । यसअघि २००६ मा भएको एएफसी च्यालेन्ज कपमा नेपालले भारतलाई पराजित गरेको थियो । हारपछि पनि भारत उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ । अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेपनि हेड टु हेडमा भारत अघिल्लो चरण प्रवेश गरेको हो । पाकिस्तानसँगै बंगलादेश समूह चरणबाटै बाहिरिएका छन् ।
आजको खेलमा नेपालले सुरुवाटै आक्रमक खेल खेलेको थियो । नेपालले भारतलाई ६९ मिनेटमा गोल गरेको थियो । सन्दीप राईको फ्रिकिकमा विक्रम लामाले गरेको हेड बल बारमा लागेर फर्किए पछि डि बक्समा अनमार्क रहेका अनिल गुरुङले गोल गरे र नेपालको खाता खोलेका थिए । ८० औं मिनेटमा नेपालका तर्फबाट जुमानु राईले गोल गरे । रविन श्रेष्ठले एक प्रयासमा बल अघि बढाउँदै दिएको पासमा जुमानु राईले वन चट गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । ९१ औ मिनेटमा भारतले नेपाल विरुद्ध गोल ग¥यो ।
खेलमा अनिल गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन् । अन्तराष्ट्रिय फुटबलमा अनिलको नवौ र जुमानुको ११ औ गोल हो । सेमिफाइनलमा नेपालको भेट भोलि शुक्रबार हुने अफगानिस्तान र माल्दिभ्सबीचको खेलले टुंगो लगाउनेछ ।आजै भएको अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई दुई एकले हराएको छ ।
तस्वीर विभिन्न अनलाइनबाट
n i
anil
anil 2nepal
भिडियो

कमेन्टहरु
Loading...