दोश्रो सफल पोखरा कप अन्तराष्ट्रिय फुटवल प्रतियोगिताको संयोजकमा गोपीबहादुर भट्टराई

असार ३२,पोखरा/मोफसलमा सञ्चालन हुने फुुटवलका प्रतियोगिताहरुमध्ये सर्वाधिक पुरस्कार राशि रहेको सफल पोखरा कप अन्तराष्ट्रिय फुटवल प्रतियोगिताको दोश्रो संस्करणका लागि पनि गोपीवहादुर भट्टराईलाईनै संयोजकमा चयन गरिएको छ ।
प्रतियोगिता आयोजक कास्की जिल्ला फुटवल संघको विहिबार वसेको वैठकले संघका अध्यक्ष खेमबहादुर गुरुङ्गको अध्यक्षतामा ३ सय १ सदस्यिय मुल आयोजक समिति गठन गरेको हो । गठित समिति अन्तर्गत अर्थ संकलन उपसमिति संयोजकमा सुनिल गुरुङ्गलाई चयन गरिएको छ । त्यस्तै, सहसंयोजकमा महेन्द्र गुरुङ्ग र ओम वस्नेतलाई चयन गरिएको छ भने प्रचार प्रसार समितिको संयोजकमा संघका सल्लाहकार विनोद लामिछानेलाई चयन गरिएको छ । आयोजक टिम तयारीका लागि टिका कार्किलाई संयोजक तथा मिलन गुरुङ्ग र नरेन्द्र गुरुङ्गलाई सह–संयोजकमा चयन गरिएको छ ।
संघको रिक्त रहेको सह सचिव पदमा ओम बस्नेतलाई सर्वसम्मत चयन गरिएको पनि कास्कि जिल्ला फुटवल संघले जनाएको छ । त्यसैगरि बैठकले हालै बस दुर्घटनामा परि मृत्यु भएका एन्फा यु–१४ का राष्ट्रिय खेलाडीद्धय रन्जन थापा र सागर परियारको निधनप्रति शोक प्रस्ताव अनुमोदन गर्दै पोखरेली युवा खेलाडी थापालाई मरणोप्र्रान्त सम्मान स्वरुप ५१ हजार रुपैयाँ प्रदान गर्ने निर्णय समेत गरेको संघका सचिव बुद्धि खत्रिक्षेत्रीले जानकारी दिएका छन् । बैठकमा एन्फा केन्द्रिय सदस्य गणेशबहादुर भट्टाईले प्रतियोगिता सफल पार्नका लागि अहिल्यैदेखि तिब्रताका साथ तयारीमा जुट्न संघका पदाधिकारीहरुलाई आग्रह गरेका थिए ।
कार्तिक १४ देखि २५ गतेसम्म सन्चालन हुने प्रतियोगितामा बाह्य देशका ३ टोली, नेपालका उत्कृष्ट ८ र आयोजक एक गरी १२ टोलीको सहभागिता रहने । प्रतियोगिताको उपाधी विजेता टोलीले नगद ३ लाख ५ हजार तथा उपविजेताले नगद १ लाख ५० हजार पुरस्कार पाउने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्टाईकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरीने छ ।

कमेन्टहरु
Loading...