असिमको निर्ण्ाायक गोलमा आयोजकको दुखद विदाई

पोखरा, १५ कार्तिक/अन्तिम दर्ुइ मिनेट सम्हालिन नसक्दा आयोजक पोखरा ११ दोस्रो सफल पोखरा कपमा सेमिफाइनलसम्मको यात्रा तय गर्न अर्को सस्करण कुनुपर्ने भएको छ । घरेलु मैदानमा दुखद विदाई लिने क्रममा म्यान अफ दि म्याच असिम जंग कार्कीले निर्ण्ाायक गोल गरेपछि एनआरटीले पोखरा ११ लाई २-१ गोल पराजित गर्यो ।

तीन अप्रिmकन खेलाडीलाई मैदानमा उतारेर केही बलियो सावित हुन खोजेपनि घरेलु टोलीमा आपसी समन्वयको स्पष्ट अभावले एकसय १९ औं मिनेटमा लक्ष्मण रुचालको कर्नर किकलाई कार्कीले हेडिङ गर्दै पोष्टको दिशा दिएपछि पोखराको सेमिफाईनलसम्म पुग्ने सपनाले साकार रुप लिन सकेन् । एनआरटी विरुद्ध केही हावी जस्तो देखिएपनि धर्ैयताको अभावले पनि पोखरा ११ ले जितको नतिजा देख्न आत्मसात गर्नबाट टाढिएको थियो ।

सुवास गुरुङको क्रसबललाई असिमजंग कार्कीले खेलको ३१ औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाउँदा त्यो अग्रता ६ मिनेट मात्रै रहृयो । बुद्ध लामाले गरेको क्रस बललाई ३७ औं मिनेटमा सान्दे एलले हेडिङ गोल फर्काउँदै खेललाई रोमाञ्चक मोडमा पुर्‍याए । दोस्रो हाफमा भने पोखरा ११ ले कुनैपनि समयमा एनआरटीका गोलकिपरलाई व्यस्त बनाउन सकेन् । एक मुभको अवसर सृजना गर्न नसक्दा दोस्रो हाफको निर्धारित ४५ मिनेट विपक्षीको आक्रमण रोक्नै व्यस्त बन्यो ।

एनआरटीका डिफेन्स प्रताप सैंजूको क्रस बललाई कप्तान लक्ष्मण रुचालले ७२ औं मिनेटमा हिर्काएको बल सेकेण्डबार भन्दा नजिकिदैैबाट बाहिरिदाँ स्पष्ट अग्रता लिने अवसर गुमेको थियो । पोखरा ११ का लेफ्ट डिफेन्स रोशन हिराचनले हेडिङ गर्न खोजेको बल ड्रब हुदैं कटेपछि रुचालको खुट्टामा पुगेको थियो । त्यसपछि एनआरटीले पाएको प्रिmकिकलाई सुलेयमान ओलानसियलको प्रहार क्रसबारमा लागेर रिवाउण्ड हुदाँ अर्को महत्वपर्ूण्ा अवसर गुम्न पुग्यो ।

निर्धारित समयमा एक एक गोलमा टुंगिएपछि थपिएको ३० मिनेटमा समेत एनआरटीले पाएको एउटा मात्रै कर्नरको अवसरलाई सदुपयोग गरेपछि पोखरा ११ का खेलाडीहरु निराश हुदै मैदान बाहिरिएका थिए । प्रशिक्षक पुष्प केसीले विदेशी र घरेलु खेलाडी बीचको आपसी समन्वयको कमीले पनि खेल उत्कृष्ठ हुन नसकेको स्पष्ट पारे । पोखरा ११ ले बुधबार पोखरा रंगशालामा तीन अप्रिmकी खेलाडीको भरमा उत्रिएको थियो । मध्यपंक्ति खालीजस्तै रहदाँ अप्रिmकन खेलाडीले दोहोरो भूमिका खेल्दै अतिरिक्त समयसम्म होल्ड गराएका थिए ।

एनआरटीका प्रशिक्षक डिकेन सुवालले पनि खेलबाट सन्तुष्टी लिन नसकिने बताए । उनले डिफेन्समा अझै सुधारको खाँचो औल्याउँदै स्टर््राईकरको स्पष्ट अभावले पनि बुधबारको खेलमा स्कोरिङ निस्कन कठिनाई भएको स्पष्ट पारे । बिहीबार नेपाल पुलिस क्लब र मछिन्द्र क्लब बीच खेल हुने छ ।

कमेन्टहरु
Loading...