सफल कपको पूर्वाद्र्धमा मोटरसाइकल ¥याली

पोखरा, १२ काक्तिक /सफल पोखरा कप अन्तराष्ट्रिय फुटवल प्रतियोगिताको दोश्रो संस्करणको पुर्वाद्र्धमा पोखरामा मोटरसाइकल ¥याली निकालेको छ । आज विहान पोखरा रंगशालाबाट शुरु भएको ¥यालि पृथ्वीचोक, नागढुङ्गा, मुस्तानचोक, विरौटा, राष्टबैकचोक, लेकसाइड, हल्लनेचोक, जिरो किमि, सभागृहचोक, चिप्लेढुङ्गा, नालामुख, विन्दवासिनी, ट्याक्सिचोक बगर, नदिपुर, महेन्द्रपुल, रानीपौवा, कुँडहर, रामबजार हुँदै पुन पोखरा रंगशालामा पुगेर टुङ्गिएको थियो ।

कार्तिक १४ देखि २५ गतेसम्म सन्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजनका क्लवहरु मनाङ्ग मस्र्याङ्गदी, हिमालयन शेर्पा, आरसीटि, एन आर टी, फ्रेण्डस् क्लव, मच्छिन्द्र, शसस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लव, आयोजक पोखराको एक टिमको सहभागिता रहने छ । त्यसैगरि प्रतियोगितामा बांग्लादेश, भुटान र भारतका उत्कृष्ट तीन सहित १२ टिमको सहभागिता रहने आयोजक कास्की जिल्ला फुटवल संघले जनाएको छ ।

प्रतियोगिताको उपाधी विजेता टोलीले नगद ३ लाख ५ हजार तथा उपविजेताले नगद १ लाख ५० हजार पुरस्कार पाउने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्टाईकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरीने छ ।

कमेन्टहरु
Loading...